भूपदेव माली
बैसाख २५ गते/ राजबिराजमा
देशका विकास जनतालाई समृद्ध बनाउने भिजन मात्र नेकपा एमाले संग रहेको कुरा यहाँका जनताहरूले बुझिसकेकाले मेरो वडामा एमालेको जित निश्चित भएको सप्तरीको छिन्नमस्ता गाउँ पालिका वडा नम्बर-५ लोखरमका लागि चुनाव चिन्ह सूर्य लिएर मनोनयन दर्ता गराएका जयप्रकाश ठाकुरले दावी गरेका छन्।
मधेश प्रदेशमा नेकपा एमालेका केपी शर्मा ओली नेतृत्वको सरकारको साढे दुई वर्षे कार्यकालमा भएको तिव्र गतिमा भएको विकास कार्य देखिसकेको हुनाले मेरो वडामा एमालेको चुनाव चिन्ह सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई जिताउने कुरा बताउनु भएको हो।