भूपदेव माली,
राजविराज २७ कार्तिक ।
मधेश न्यूज राष्ट्रिय दैनिक का अध्यक्ष, राष्ट्रिय शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष एवं वर्ल्ड भिजन तथा रोयल सेकन्ड्री स्कूलका संस्थापक सदस्य दिनेश कुमार यादवको ममतामयी आमा कोशल्या देवी यादवको १३ औं पुण्यतिथिको अवसरमा आयोजित शान्तिभोज सम्पन्न भएको छ ।
सप्तरीको बोदेबरसाईन नपा १० अमरैया स्थित यादवको निज निवास स्थानमा सम्पन्न सो शान्तिभोजमा जसपाका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधान मन्त्री उपेन्द्र यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिह यादव(राजबाबु), संघिय साँसद रेणु यादव, राजकिशोर यादव,प्रदेश २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनल, कृषि तथा सहकारी मंत्री शैलेन्द्र साह, उद्योग पर्यटन राज्य मन्त्री सुरेश मंडल, प्रदेश सभा सदस्यद्व मनिष सुमन र शैलेन्द यादव, प्रदेश २ का उपसभामुख उपमा देव, जसपाका केन्द्रिय सदस्य गजेन्द्र मण्डल, प्रदेश सभा सदस्य विकी यादव, अभिषेक यादव,इ. सुमित साह, विद्यार्थी नेता शम्भु यादव, यूवा नेता राजेश्वर राय, सप्तरी जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, बोदेबरसाईन नपाका मेयर आतेश कुमार सिंह यादव, राजगढ गापाका अध्यक्ष प्रमानन्द यादव सरिक भई सम्वेदना प्रकट गरेका थिए ।
रामकिसुन यादवकी धर्मपत्नि र दिनेश यादव, उमेश यादव, रमेश यादव गरी तिन छोरा तथा एक छोरीकी आमा भएकी कौशल्या देवीको ७४ वर्षको उमेरमा असमायिक निधन भएको सो शान्तिभोज सातओटा गाउँका मानिसहरुलाई आमन्त्रित गरिएको यादवका दाजु अर्जुन यादवले बताए ।
शान्ति भोजको अवसरमा आमा कोशल्या देवीको तस्विरमा अविर फूल तथा फूलका माला चढाएर सम्वेदना ब्यक्त गरेका सो शान्ति भोजमा सातवटै गाउँका लगभग ३ हजार भन्दा वढी मानिसहरु सरिक भएका थिए ।