भूपदेव माली
बैसाख २५ गते/ राजबिराज
इन्जिनियरको धर्मपत्नी भएकी जीवनको पहिलो पल्ट राजनीतिक क्षेत्रमा होमिएकी एक वर्ष नबित्दै राष्ट्रिय जनता पार्टी बाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको उपमेयर पदमा निर्वाचित भई यतिबेला जनता समाजवादी पार्टी नेपाल बाट पून: उपमेयर पदमा उम्मेदवारी दिएकी वडा नम्बर ४ अर्जी का सरिता यादवले कोरोनाका कारणले आफूले सोचेको जस्तो विकास कार्यहरु जनतालाई दिन नसक्दा पून: उम्मेदवारी दिएको बताउनुभएको छ।
आउँदो बैसाख ३० गते हुने स्थानीय निर्वाचनका लागि घरदैलो कार्यक्रममा ब्यस्त रहेकी बेला पत्रकारहरुसँग साक्षात्कार हुँदै यादवले सो कुरा बताउनु भएको हो।
यसरी नै वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपाल बाट उम्मेदवारी दर्ता गराएका भारदहका गजेन्द्र माझीले आफू जितेपछि कोशी ब्यारेज देखि कंकालिनी मन्दिरको क्षेत्रमा पर्यटकीय स्थल निर्माण गर्ने बताउनुभयो।