https://youtu.be/TEmnJ-SDWGg भूपदेव माली,
राजबिराज, २३ बैशाख ।
आउँदो बैसाख ३० गते हुने स्थानीय निर्वाचनमा सप्तरीको बोदे–बरसाइन नगरपालिकामा पूनः पूरानै अनुहार फर्किने जनता समाजवादी पार्टी नेपालका नगर संयोजक अरुण यादवले दाबी गरेका छन्।
बुधबार निवर्तमान मेयर आतेश कुमार सिंह यादव, वडा नम्बर–१० का वडाध्यक्ष सुनित कुमार यादव, वडा नम्बर–५ का वडाध्यक्ष यो. मुजाबुल रहमान संगै घरदैलोमा सहभागी भएका बेला पत्रकारहरु संग साक्षात्कार हुँदै संयोजक अरुण यादवले सो कुरा बताउनु भएको हो।
वहाँले ‘ नगरका जनताले चाहेका अनुरुप नगरको सर्वाङ्गीण विकास कार्यहरु गर्ने जसपा नेपालका संपूर्ण उम्मेदवारहरुलाई छाता अंकित चिन्हमा मतदान गरी भारी मतले विजयी गराउने ‘ बताउनुभयो।
यसरी नै स्थानीय शिक्षक मो. कासिमले–“ बोदे– बरसाइनका जनताले मधेशमा विकास कार्यहरु गर्ने पार्टी जनता समाजवादी पार्टी नेपालका उम्मेदवारहरु लाई जिताउने तर्फ आकर्षित रहेको “ बताउनुभयो।