भूपदेव माली
बैसाख २० गते/राजबिराज
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -१ भारदहमा अवस्थित कंकालिनी भगवती मन्दिरको प्रांगणमा नवनिर्मित हनुमानजीको मन्दिरभित्र मूर्ति स्थापना गर्न मंगलबार कलश शोभायात्रा गरिएको छ।
स्थानिय प्रधुम्न कुमार मण्डलकी धर्मपत्नी ममता देवी मण्डल विगत कयौँ वर्षदेखि बिरामी रहिआएकोले निको भए कंकालिनी मन्दिर प्रांगणमा हनुमानजीको मन्दिर निर्माण गरिने संकल्प गरेकोले सोही मनकामना पुर्ण भएपछि उक्त मन्दिरको निर्माण गरि प्राण प्रतिष्ठा अनुष्ठानको क्रममा सो शोभायात्रा निकालिएको हो।
भारदहका भिखो मण्डलका माइला छोरा प्रदुमन कुमार मण्डलले निर्माण गरिएको हो नवनिर्मित हनुमानजीको मन्दिरको मूर्ति प्राणप्रतिष्ठा गर्न हजारौंको संख्यामा ५ किलोमिटर पैदल यात्रा पछि नेपालको विशाल एवं वेदवर्णित कोशी नदीको कोशी ब्यारेज बाट कलशमा जल भरेर मंदिरको मूर्ति प्राणप्रतिष्ठा स्थलमा अर्पण गरिएका छन्।
पाँच दिनसम्म हुने मूर्ति स्थापनार्थ अनुष्ठान कार्यक्रमको पहिलो दिन मंगलबार कलश यात्रा,पंचाङ्ग पूजन,मण्डप प्रवेश,वेदी निर्माण। बुधबार मूर्ति नगर भ्रमण (प्रदर्शन), जलाधिवास,अनाधिवास। विहीबार वेदी पूजन,फलादिवास, ब्राह्मण पूजन, द्वार पूजन। शुक्रबार मूर्ति स्थापना ( मूर्तिको प्राणप्रतिष्ठा),हनुमानजिको पूजा,हवन, प्रसाद वितरण र अष्टयाम संकिर्तन प्रारम्भ। सनिवार अनुष्ठानको समापन गरिने कार्यक्रम रहेको अनुष्ठान विधिवत गराउने पंडित ले बताउनुभयो।