https://youtu.be/aRJiEMyZRQs भूपदेव माली
बैसाख ११ गते/मोरङ
साविकमा मोरङ भनिने यतिबेलाको सुनसरी मोरङ र झापा जिल्लाको विभिन्न स्थानको माटो मन्दिरहरूमा मेला लाग्ने बेला हो। विक्रम संवतको नयाँ वर्ष प्रवेशको दिन अर्थात बैशाख१ गतेदेखि महिनाभरि नै विभिन्न स्थानमा क्रमबद्ध रुपमा मेला लाग्ने यो जिल्लाहरूको विशेषता हो।
विक्रम संवतको पहिलो महिनाभरि पर्व तथा देवताहरूको पूजनको रुपमा अंगिकार गरिएको खासगरी थारु जाति समुदायका मानिसहरुले आरम्भ गरिएको धार्मिक मेलाहरु हालको बेलामा आकर्षक तथा आधुनिकीकरण बन्दै गएको छ। मेलाहरुमा उ। उक्त स्थानको ग्रामथान वा मन्दिरमा अस्थापित देवी देवताहरु लाई बोका, कुखुरा ,हाँस परेबा आदि बली भोग दिने परम्परा पनि थारु जातिका समुदायबाट नै प्रारम्भ भएको र यतिबेला पनि थारुहरुले नै यसलाई निरन्तरता दिइरहेको अवस्था छ। यद्यपि युग परिवर्तन संगै नेपालको तराई भूभागमा पहाडका पाहाडी समुदायहरूको ब्यापक बसाइले गर्दा पहाडी समुदायको बोलबालाले गर्दा अहिले थारु संस्कृति तथा सामाजिक रहनसहनलाई प्रभावित गर्दै जानाले मेलाको ऐतिहासिक पहिचानहरू माथी खतराको सम्भावनाहरु प्रबल भएको देखिन्छ।
सुनसरीको इटहरी मंदीर तथा मेला लाग्ने समुदायको हातमा गरेको छ भने पकली स्थित जब्दी मेलालाई पनि पहाडीहरू द्वारा हस्तक्षेप भैरहेको स्थानीय फूलचन्द्र चौधरीले बताउनु हुन्छ ।यसरी नै मोरङ,हालको बेलबारी नगरपालिका अन्तर्गतका कसेनी -ढकियाबारीको ग्रामथान-७, धर्मपाल मेला माथि पनि पहाडी समुदाय द्वारा प्रहार भइरहेको स्थानीय युवा धर्मेन्द्र कुमार माझी थारुले बताउनुभयो।
परम्परागत रुपमा रहिआएको मोरङका मेला समितिहरू माथि यदाकदा पहाडी समुदायका व्यक्तिहरूको हस्तक्षेप हुँदै आएको भएतापनि हामी हाम्रो सांस्कृतिक धरोहर तथा परम्पराको संरक्षण गर्न प्रयासरत रहेको धर्मपाल मेला समिति सदस्य सियाराम गच्छेदार थारुले बताउनुभयो।