https://youtu.be/K5y7o5RpLmU भूपदेव माली,
राजविराज, ०७ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा ३ भारदह बाजार स्थित रोयल सेकेन्डरी स्कुलमा बुधवार स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थी हरुले बैशाख ९ गते देखि संचालन हुने सीईई परिक्षा पश्चात जाने तथा सो स्थान कक्षा ९ को विद्यार्थीले पाउने हुदा कक्षा १० का विद्यार्थीहरुले कक्षा ९का विद्यार्थीहरुलाई स्वागत र कक्षा ९ का विद्यार्थीहरु द्वारा कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरिएको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल दिनेश कुमार यादवको अध्यक्षता तथा को–अर्डिनेटर देवनाथ यादवको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल द्वारा कक्षा १० का विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन अध्यापन गर्न प्रेरणा स्वस्प कापी कलम दिएर विदाई गर्नु भएको थियो ।
कार्यक्रममा अभिभावकहरु, स्थानिय व्यापारी देवकृष्ण साह, विद्यालयका समस्त शिक्षकशिक्षिका, पत्रकारहरु तथा कक्षा ९ र १० का छात्रछात्राहरु समेत सहभागी रहेका थिए भने शिक्षक नरेश झाले कार्यक्रमलाई संचालन गर्नु भएको थियो ।
अध्यक्षको आसनबाट प्रिन्सिपलले कक्षा १० का विद्यार्थी थप अध्ययन गर्न प्रोत्साहन दिदै भन्नु भयो–‘ मानिसले संसारमा इतिहास रचन धेरै नै अध्ययन–अध्यापन, राम्रो कर्म कठिन परिश्रम गर्नु पर्दछ र यो गर्नका लागि पुर्ण अनुशासित भई गुरुले देखाएको मार्गमा निरन्तर अगाडी वढे मात्र ज्ञान प्राप्त गर्न सक्छ बताउनु भयो ।