भूपदेव माली
चैत्र २१ गते/राजबिराज
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर-१, भारदहमा अवस्थित प्रसिद्ध शक्तिपीठ कंकालिनी मन्दिरमा चैत्र २८ गते हुने निशुल्क सामुहिक उपनयन (यज्ञोपदित) संस्कार अनुष्ठानमा सहभागी हुन आज सोमबार सम्ममा १४ जना बटुक बरुवाहरुको नाम संकलन भएको छ।
आयोजित अनुष्ठान कार्यक्रमलाई थप आकर्षक बनाउन गत सनिवार बाट प्रारम्भ भएको नवाह रामायण कथा वाचनको आज तेस्रो दिन श्रोताको रुपमा स्थानीय कमलानन्द झा एवं उनकी धर्मपत्नी रहेका थिए भने प्रारम्भ भएको दिन मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साह एवं धर्मपत्नी सावित्री देवी साह र द्वितीय दिन श्रोताको रुपमा स्थानीय राजेश्वर ठाकुर रहेका थिए।
ब्राह्मण सेवा समाज सप्तरी तथा भारदह ग्रामबासी द्वारा आयोजित नवाह रामायण कथा वाचन अनुष्ठानको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा मन्त्री साहले गरिएपनि यज्ञोपदित संस्कार अनुष्ठानको उद्घाटन महान्यायाधिवक्ता दिपेन्द्र झा तथा मधेश प्रदेशका योजना आयोगका प्रमुख भोगेन्द्र झा हुने कार्यक्रम ब्यवस्थापक प्रमोद झाले बताए।
भारत-विहारका प्रख्यात वाचिका निभा भारती ” कोकिला ” द्वारा संगितमय रामायण कथा वाचन र रामायण पाठकहरुमा मधुकान्त झा, विकाश कुमार झा, अरुण कुमार मण्डल, जलेश्वर रोहिता र लाल झा रहेका आयोजक समितिका सदस्य विभूति कुमार झाले जानकारी गराए।
आयोजित अनुष्ठान कार्यक्रमलाई निरन्तरता दिन तथा थप आकर्षक बनाउन विभिन्न दाताहरू बाट भईरहेको संगै नगर प्रमुख शैलेश कुमार साहले आवश्यक सहयोग गरिने मंच संचालक तथा कार्यक्रम ब्यवस्थापक प्रमोद झाले मंच बाट उद्घोष गर्नुभयो।
अनुष्ठानको समापन चैत्र २९गतेका दिन हुने जनाइएको छ।