भूपदेव माली
चैत्र ६गते/ राजबिराज
कंकालिनी माध्यमिक विद्यालय पोर्ताहामा विद्यालय ब्यवस्थापन समितिका लागि निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -३, पोर्ताहामा अवस्थित विद्यालय ब्यवस्थापन समितिका लागि अभिभावक भेला द्वारा सहमति हुन नसक्दा अभिभावक बिच मतदान प्रक्रिया तहत निर्वाचन सम्पन्न भएको हो।
विद्यालय ब्यवस्थापन समितिका लागि अभिभावकबाट छनौट गर्ने क्रममा १३ जनाले प्रस्ताव पेश गरेको हुदां उम्मेदवार -उम्मेदवार बिच सहमति हुन नसक्दा निर्वाचन प्रणालीको माध्यमबाट समिति निर्माण गर्ने क्रममा विद्यालयका ३२७ अभिभावकले मतदान गर्ने स्थानमा जम्मा २६९ जनाले मात्र मतदान गर्न सकेका कुरा निर्वाचन अधिकृत प्रकाश कुमार मण्डल ( नगर प्रशासन शाखा प्रमुख)ले बताउनुभयो।
बेलुकी ०४:२२ बजेतिर मतदान गर्ने क्रम बन्द भएको थियो भने ०७:१५ बजेतिर मतगणना सुरू गरिने निर्वाचनमा खटिएका सुरक्षाकर्मी ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्रहरी नायव निरीक्षक संजय न्यूपानेले बताउनुभएको थियो। आईतबार राती १०:१० बजेतिर मतगणना सम्पन्न भएको प्रकाशित नतिजा अनुसार जनता समाजवादी पार्टी नेपालका समर्थक पक्षका चारै जना उम्मेदवारहरु विजय हासिल गरे। प्रकाशित नतिजा अनुसार अनिल पघैया यादव ५० मत ,यो. उस्मान मियाले ५१ मत ,पिंकी देवीले ५० मत र रेखा देवी रामले ४२ मत ल्याएर विजयी भएका हुन्।