भूपदेव माली
चैत्र ४गते/ राजबिराज
मानिसमा ब्याप्त द्वेष -इर्ष्या,कलह,रिस, अहंकार तथा दुर्भावनालाई अन्त्ये गरि मानिस – मानिस बिच समधुर सम्बन्ध , सद्भाव र प्रेम सिर्जना गर्ने प्रतिक मानिने होली पर्वको अवसरमा विहीबार राति देशको विभिन्न स्थानमा होलिका दहन अनुष्ठान सम्पन्न भएको छ।
पौराणिक कथा अनुसार असुराधिपति हिरण्यकष्यपकी बहिनीले भगवान विष्णुको परम भक्त प्रह्लादलाई आगोको चितामा हालेर मार्ने प्रयास गरेको क्रममा होलीका स्वयं जलेर मरिन र प्रह्लाद सकुशल उद्धार भएको सम्झनामा सो होलीका दहन अनुष्ठान सम्पन्न गरेका हुन्।
हिन्दू धर्मावलम्बीहरूका महान तथा उमंग – उत्साहपूर्ण मानिएको यो होली पर्वको होलीका दहन अनुष्ठान हरेक स्थानमा सामुहिक रुपमा आयोजना गरि अध्यात्मिक विधि -विधानका साथ र होलीको लोक गीत तथा जोगिरा डम्फा,ढोलक,मजिरा आदि वाद्यको संगित साथ गाउंदै मनाएका छन्।