भूपदेव माली,
राजबिराज, ०२ चैत्र ।
गत शनिवार राती करिब १२ः०० बजेको समयमा सप्तरीको अग्निसाईर कृष्णा सवरण गापा ४ टेंगरीमा भएको भिषण आगलागीबाट पिडित परिवारलाई मधेश प्रदेशका समाजिक विकास मंत्री नवल किशोर साह द्वारा राहत वितरण गरिएको छ ।
मंत्री साहको पहलमा आसमा नेपाल तथा मंत्री द्वारा विभिन्न प्रकारका लुगाहरु, त्रिपाल, झुल, खाद्यान्न सामग्रीहरु, झोला, सोलार लाईट, विद्यार्थीहरुका लागि स्टेसनरीका विभिन्न सामग्रीहरु, भाडाकुडाहरु, साबुन तथा ब्रस, मंजन, किशोरीहरुको लागि डिगनिटी विट, महिलाहरुका लागि डिसनीटी विट बैग वितरण गरिएको हो ।
फाल्गुन २८ गते शनिवार राती आगोमा जम्मा ११ घरपरिवारका ३० भन्दा वढी साना ठूला घर, नगद, अन्न, लुगाफाटा जेवर, नगद रुपैया तथा ब्राखाहरु समेत लगभग ५० लाख भन्दा वढीको धनमाल जलेर नष्ट भएको थियो ।
११ वटै परिवारका सारा घरहरु डढेर नष्ट भएको स्थितीलाई सुधारका तत्काल काठ आदिको समेत ब्यवस्था गरी उपलब्ध गराउने वाचा सहित मंत्री साहले यथा सहयोग गर्ने स्वासन दिदै पिडितहरुलाई राहत वितरण गरेका थिए ।
अग्नि पिडित परिवारलाई राहत वितरण गर्ने सो कार्यक्रममा आसमा नेपालका कार्यक्रम प्रमुख दिनेश साह, हनुमाननगर कंकालिनी नपा १४ का वडा अध्यक्ष सत्यनारायण यादव जसपाका जिल्ला कोषाध्यक्ष बृजमान तामाङ्ग सहितको उपस्थिती रहेको थियो ।