
भूपदेव माली
फाल्गुन १६ गते/राजबिराज
भारदहमा नाला सहित पक्की सडक निर्माणका लागि वडाध्यक्ष भीमराज मण्डलद्वारा मंगलबार शिलन्यास गरिएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह को कोशी बांध स्थीत बेचन माझीको घरदेखि महेश महतोको घर सम्मका लागि पक्की नाला सहित आरसीसी ढलान हुने बाटोको वडा नम्बर १ का वडाध्यक्ष भीमराज मण्डलले शिलन्यास गरिएको हो।
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालयद्वारा विनियोजित बजेट श्रमदान बाहेक बीस लाखको लागतमा सो सडक निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष निलेश कुमार झाले जानकारी गराए।
१४०मिटर पक्की नाला र ५ मिटर चौडाइ तथा ८० मिटर लम्बाई भएको सो सडकमा फलामे छड सहित आरसीसी ढलान गरी निर्माण हुने भएको छ।
शिलन्यास गरिएको सो सडकका लागि आगामी दिनमा अझ रकम लगानी गरी सडकका पुरा काम हुने वाचा सहित गर्दै वडा अध्यक्षले शिलन्यास कार्य पूरा गरिएको हो।
सम्पन्न भएको सो शिलन्यास कार्यक्रममा स्थानीय जनताको उत्साहजनक सहभागिता रहेको थियो।