भूपदेव माली
फागुन ४ गते/झापा
माघी स्नान तथा स्वस्थानी ब्रतकथाको समाप्तीका दिन हुने माघी पूर्णिमा मेला यो वर्ष ठप्प रहेका छन्।
नेपालका विभिन्न ठाउँमा बृहत रुपमा आयोजन हुने माघी पूर्णिमा मेला कोरोनाको तेस्रो लहर ओमिक्रोन भाईरस संक्रमणको आशंकाले नेपाल सरकारले भिडभाड गर्न रोक लगाएको हुँदा सो मेला ठप्प भएको हो।
तराईको ऐतिहासिक झापाको भद्रपुर स्थित किचकबद्ध मेला भर्न आउने गरेका हजारौं मानिसहरूले प्रशासन द्वारा रोक लगाएकोले मेला स्थल पुगेनन्।
हरेक वर्ष माघ पूर्णिमाको दिन ब्यापक भिड हुने किचकबद्ध मेलामा यो वर्ष ब्यापारीहरुको बाक्लो उपस्थिति रहेको भएपनि मेला भर्नेहरुको उपस्थिति न्यून रहेको थियो।
महाभारतमा वर्णित किचकबद्ध मेला परम्परागत रूपमा लाग्दै आएको मधेशका चर्चित मेलाको रुपमा रहेका सो स्थानमा स्नान कुण्डमा ब्रतालुहरुले स्नान गरी विभिन्न देवीदेवताको पूजाआजा गर्ने चलन छ।