भूपदेव माली,
राजविराज १८ कार्तिक ।
भौतिक तथा पूर्वाधार मंत्री जितेन्द्र सोनल साँसद डा. सूर्य नारायण यादव राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह(राजबाबु) सहितको टोली द्वारा मंगलवार सप्तरीको सप्तकोशी नगरपालिका अन्तर्गतका विभिन्न नदीहरुको कटान निरिक्षण गरिएका छन् । सो नगर क्षेत्रका गंगाजली खोला, त्रियूगा र कोशी नदीको पश्चिमी छेउमा बाढीले खेतीहर भूमिलाई कटान गरेको भूमिलाई निरिक्षण गरेका थिए ।
बर्षायाममा यी नदीहरुमा बाढीले किनारमा जग्गालाई कटान गर्नाले सर्वसाधारण कृषकहरु मारमा पर्दै जाँदा कटानबाट बच्न नदी नियन्त्रण गर्ने उद्देश्यले सो निरिक्षण गरिएको हो ।
यो सँगै कंचनरुप नपा ६ जमुवामा नवनिर्मित थारु संग्रालयको अवलोकन तथा सप्तकोशी क्षेत्रहरुमा बाटो घाटोको विकास हुने सम्बन्धमा स्थानियहरुसँग विमर्श गरिएका थिए ।थारु संग्रहालय सम्बन्धमा प्रतिवेदन बच्चुलाल चौधरीले प्रस्तुत गरेका थिए । सो क्रममा मधेशको हित तथा विकास गर्न सक्ने एकमात्र दल जसपा रहेको र यस पार्टीको संगठन विस्तार सम्बन्धमा जोड दिदै राष्ट्रिय सभा सदस्य सिंहले आफ्नो मन्तव्य राखेका थिए ।उक्त क्षेत्रका विकट तथा दुर्गम क्षेत्रको समस्याहरुको निरिक्षण गर्ने सो टोलीमा जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, राजकुमार लेखी, गजेन्द्र मण्डल, निरज मुक्ति, राजेश्वर प्रसाद राय सहितका नेताहरु सहभागी रहेका थिए ।
कार्यक्रम पश्चात छिन्नमस्ता गा पा ५ लोखरम निवासी लोकप्रिय एवं समाजसेवी नेता बैजनाथ ठाकुरको निधन भएकोमा वहाँको घरपरिवार प्रति संवेदना प्रकट गर्न प्रस्थान गरेका थिए ।