https://youtu.be/OtRviLotNow भूपदेव माली
राजबिराज, २५ माघ ।
ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्रहरी नायव निरीक्षक चन्द्र प्रसाद यादवलाई स–सम्मान बिदाई तथा नयाँ प्रमुख संजय न्यूपानेलाई एक कार्यक्रम बीच स्वागत गरिएको छ।
पत्रकार भूपदेव माली द्वारा आयोजित बिदाई एवं स्वागत कार्यक्रममा हनुमाननगर हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१, भारदहका वडाध्यक्षको भिमराज मण्डलले दोसल्ला ओढाएर एवं फूलमाला लगाएर नयाँ लाई स्वागत तथा पुरानोलाई बिदाई गरिएको हो।
सप्तरीको इलाका प्रहरी कार्यालय भारदहमा आयोजना भएको हो कार्यक्रममा दिलिप यादव,अरुण यादव, जयप्रकाश मण्डल, बालेश्वर मण्डल लगायत स्थानिय भरभलादमीको उपस्थित रहेको थियो।
कार्यक्रममा“मेरो कार्यकालमा म बाट भएको भूल–त्रुट्टी प्रति क्षमायाचना गर्दछु र मेरो कार्यकाल अवधिमा मैले यथासक्य अपराधहरु न्यूनीकरण गर्न र सामाजिक बहिष्कारमा परेकाहरुलाई
सामाजिक सुरक्षा तथा न्याय दिलाउने क्रममा आफ्नो क्षमता र विवेक प्रयोग गर्न प्रयास गरिएको प्र.ना.नि.यादवले बताउनुभयो।
आयोजित कार्यक्रममा “सामाजिक अपराधलाई रोकथाम गर्ने ,लागुपदार्थ दुर्बेसनीमा लागेका लागेका युवाहरुलाई सही मार्गमा ल्याउने प्रयास गर्नुको साथै यहाँका स्थानीय जनताको साथ सहयोग भएमा निश्चितरुपमा मेरो कार्यकालमा शान्ति सुरक्षा कायम गर्न सफल हुने नयाँ प्रमुख संजय न्यूपानेले बताउनुभयो।
कार्यक्रममा वडाध्यक्ष भिमराज मण्डल, दिलिप यादवले बिदाई तथा स्वागत अभिनन्दन बारेमा विचार राखेका थिएभने पत्रकार भूपदेव माली द्वारा कार्यक्रममा सहभागी भएकाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।