भूपदेव माली
माघ २३ गते/राजबिराज
सप्तरीको कञ्चनरुप नगरपालिका को रुपनगर चौक स्थित फूलबारी रिसोर्टमा नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ।
पार्टीका नगर कमिटीको आयोजनामा सम्पन्न सो कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य कल्पना थारुको नेतृत्वमा जससपाका जिल्ला कमिटी सदस्य माधुरी चौधरी सहित ३० जना कार्यकर्ताहरु र हनुमाननगर कंकालनी नगरपालिका तथा सप्तकोशी नगरपालिकाका ११ जना व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।
नगर कमिटीका संयोजक बच्चुलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद सरिता गिरी यादव ,प्रदेश कमिटी सदस्यहरु ,जिल्ला कमिटीका सदस्यहरु नगर कमिटीका सदस्यहरु पार्टीका ,विभिन्न वर्गीय संगठनका सदस्यहरु लगायत पार्टीका तीन सय जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सदस्य पेशल जोशीले कार्यक्रम सञ्चालन गरेको सो कार्यक्रममा शुभकामना मन्तव्य मनिष श्रेष्ठले राखेका थिए भने दिपक चौधरी,आसरा देवी चौधरी, कृष्ण कुमार गुप्ता ,कल्पना थारु, मिरा यादव,जैनुदिन मिया, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, संघीय सांसद सरिता गिरी यादव ,केन्द्रीय सदस्य राजकुमार लेखी ,जिल्ला इन्चार्ज दिबाकर देवकोटा लगायतकाले आफ्ना धारणा राखेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ नीति अवलम्बन गरी विभिन्न प्रभावकारी योजना तथा कार्यक्रमहरु अगाडि बढाउने क्रममा केपी शर्मा ओली नेतृत्वको सरकारलाई विभिन्न षड्यन्त्रहरु गरी प्रतिक्रियावादीहरूले साढे तीन वर्षमै सरकार ढाल्न बाध्य पारेर परमादेशको सरकार बनाएर जनताले सुनाव गरेको सरकारको अवहेलना मात्र नगरी जनताको श्रमबाट जम्मा भएको मुलुकको ढुकुटी लुट्ने तीर लागेका नेपाली कांग्रेसको सरकार लागिपरेको प्रमुख अतिथीको आसनबाट नेता सुमनराज प्याकुरेलले बताउनुभयो। उहाँले नेपालको इतिहासमा कुनै पनि सरकारले गर्न नसकेको कार्यहरू केपी शर्मा ओली सरकारले साढे तीन वर्षमै गरेर एक नयाँ कीर्तिमान कायम गरेको बताउनुभयो।