https://youtu.be/44bmxFs5Y6o भूपदेव माली,्
राजविराज, २० माघ ।
देश निर्माण गर्ने नीति तथा योजनाहरु एवं देशका जनताको आर्थिक उन्नती, प्रगति, गर्ने कार्यक्रमहरु नेकपा एमाले संग मात्र भएको एमालेका पोलिट ब्यूरो सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता सुमन प्याकुरेलले बताउनु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा ३ पोर्ताहामा एमाले नगरकमिटी द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथीको आसनबाट नेता प्याकुरेलले सो कुरा बताउनु भएको हो ।
नेताले ‘मुलुकको सबभन्दा वढी समयसम्म नेपाली कांग्रेस र माओवादीले सरकार चलाएपनि देश तथा जनताका लागि दिग्र्घकालिन विकासिय योजना तथा कार्यक्रम दिन नसकेको भन्दै एमालेको ९ महिने सरकार तथा केपी शर्मा ओलीका साढे तिन वर्षको सरकारले नेपालमा दुई सय पचास वर्षमा भएको विकास भन्दा दोब्बर विकास प्रत्याभूत गरेको’ बताउनु भयो ।
स्थानीय वद्री नारायण खिडहरीको अध्यक्षतामा सम्पन्न सो प्रवेश कार्यक्रममा अरुण कुमार रोहिता यादवको नेतृत्वमा मो. शरिफ खान, अनिल रोहिता, चन्द्रदेश राम, मो.सहिफ रहमान(मिस्टर), हरेराम साह लगायत ४५ जना विभिन्न दलका नेता कार्यकर्ताहरु एमालेको पार्टीमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई प्रमुख अतिथि द्वारा टिको लगाएर स्वागत एवं बधाई दिएका थिए ।
नगर कमिटिका सदस्य दिलिप यादवले संचालन गरको कार्यक्रममा स्वागत मन्तव्य कृष्ण कुमार गुप्ताले राखेका थिए भने पार्टीका केन्द्रिय सदस्य राज कुमार लेखी, प्रदेश कमिटिका सदस्य मो. कलिम, जिल्ला इन्चार्ज दिवाकर देवकोटाले पार्टीका बर्तमान नीति तथा कार्यक्रम बारे अवधारणा राखेको थिए ।
आयोजित कार्यक्रममा पार्टीका जिल्ला सचिव देवनाथ यादव, जिल्ला सह–सचिव अकलेश झा, जिल्ला सदस्य शोभित लाल यादव, जगदीश मंडल, नगर संयोजक देवनाथ यादव सहित लगभग डेढसय भन्दा वढी मानिसहरुको उपस्थिती थियो ।