https://youtu.be/TXKtFV9vi-4 भूपदेव माली,
राजविराज, १९ माघ ।
कोशी टप्पु बन्यजन्तु आरक्षको भित्र अधिग्रहन गरिएको जग्गा धनीहरुको सम्झौता अनुरुप मुआब्जा पाउने पार्ने विषयमा आफु प्रयासरत रहेको वन तथा वातावरण मन्त्री रामसहाय यादवले बताउनु भएको छ ।
विश्व सिमसार दिवसको अवसरमा सप्तरीको कंचनरुप नपाको पथरी स्थित रहेको कोशी टप्पु बन्यजन्तु आरक्षको पश्चिमी सुरक्षा पोष्टमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन जाने क्रममा हनुमाननगर कंकालिनी नपाको वडा नं. १ भारदह स्थित कंकालिनी भगवती मन्दिरमा दर्शन तथा कार्यकर्ता भेटघाटको क्रममा मंत्री यादवले सो कुरा बताउनु भएको हो ।
मन्दिरमा उपस्थित जसपाका कार्यकर्ता तथा कोशी पिडित जनतालाई सम्बोधन गर्दे मंत्री यादवले– ‘विगतका सरकारहरु द्वारा कोशी पिडित जनताको समस्याहरु समाधान गर्न २५ वटा कार्यदल गठन भयो, पूनः भं भयो । यद्यपि मेरो कार्यकालमा कोशी पिडितको समस्याहरुलाई समाधान गर्नका लागि डा. रामचन्द्र कडेलको संयोजकत्वमा एक कार्यदल गठन गरी अनुसंधान अध्ययन कार्यमा लगाईएको र निकट भविष्यमा मुआब्जा नपाएकाहरुका मुआब्जा सम्झौताको आधारमा सरकारबाट दिलाउने’ बताउनु भयो ।
कोशीको पश्चिमी छेउमा बन्य जन्तु द्वारा हुने छेतीलाई रोक्न आरक्ष बाँधमा सोलार फिर्कीका लागि केही बजेट निकासा गरिएको भन्दै मंत्री यादवले ‘भारदहमा अवस्थित कंकालिनी भगवती मन्दिरलाई पयर्टकिय स्थलको विकासका लागि पनि म सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराउने यथासक्य मेरो मन्त्रालयले पनि सहयोग गर्ने बताउनु भयो ।