भूपदेव माली,
राजविराज, १८ माघ ।
सप्तरीमा कोरोना संक्रमणको रोकथामका लागि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि खोप ल्याउने कार्यक्रम मंगलवार देखि संचालन गरिएको छ ।
कोरोनाको तेश्रो लहरमा देखिएको ओमिक्रोन भाईरस विरुद्ध स्पेनबाट नेपाल सरकारले आयात गरिएको १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि मोडर्ना खोप सप्तरीको विभिन्न गाउँ तथा नगरपालिका अन्तर्गतका विद्यालयहरुबाट संचालन गरिएको हो ।
सप्तरीको राजविराज, तिलाठी कोईलाडी, महदेवा, तिरहुत, सप्तकोशी, अग्निसाईर कृष्णासावरण, सुरङ्गा, खडक तथा हनुमाननगर कंंकालिनी अन्तर्गतका विद्यालयहरुमा १८ गते देखि २० गतेसम्ममा सम्पन्न गरिने तथा रुपनी, शम्भुनाथ, विष्णुपुर, छिन्नमस्ता, राजगढ, डाक्नेश्वरी, बलानविहुल तथा बोदेबरसाईन अन्तर्गतका विद्यालयहरु १९ गते देखि २१ गते सम्म सम्पन्न गरिने भएको जनाएको छ ।
मोडर्ना खोप विद्यालयमा अध्ययनरत नभएका बालबालिकाहरुको लागि स्वास्थ्य संस्थामा खोप उपलब्ध रहेको बताएको छ ।
कोरोनाको तेश्रो लहर ओमिक्रोन संक्रमणबाट स्वास्थ्य सुरक्षाको दृष्टिकोणले अति नै प्रभावकारी मोडर्ना खोप रहेको हुदाँ संक्रमणबाट बच्नका लागि १२ वर्ष देखि १७ वर्ष उमेर समूह अन्तर्गतका प्रत्येक बालबालिकाले खोप अनिवार्य लगाउनु पर्ने हनुमाननगर कंकालिनी नपाका स्वास्थ्य अधिकृत राजेश्वर रायले बताए ।