भूपदेव माली,
राजविराज, १३ माघ ।
शिक्षकहरुको स्तर उन्नति तथा शिक्षण सिकाईको ३ दिवसीय गणित कार्यशालाको विहिवार शुभारम्भ भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको आयोजनामा नगरका आधारभूत विद्यालय तथा मा.वि. स्तरका गणित पढाउने शिक्षकहरुका लागि गणित शिक्षण सिकाइृका उद्देश्यले ३ दिवसीय गणित कार्यशालाका ेशुभारम्भ गरिएको हो ।
हनुमाननगर बाजार स्थित डा. संजय मेमोरियल हलमा सम्पन्न कार्यशाला कार्यक्रमको अध्यक्षता हनुमाननगर कंकालिनी नपाका निमित प्रशासकीय अधिकृत रामदेव यादव तथा प्रमुख अतिथिको रुपमा नगरका उपमेयर सरिता यादव रहेको सो कार्यक्रमको विशिष्ट अतिथिहरुमा नगर शिक्षा समितिका सदस्य तथा नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश कुमार यादव, महाविर मा.वि.का प्रअ छत्र नारायण दास र अतिथीहरुमा प्र.अ. तयूब खान, प्र.अ. अशोक कुमार यादव रहेका थिए ।
लगभग २५ जना गणित पढाउने शिक्षकहरु गणित सम्बन्धी प्रशिक्षण तथा तालिम दिन उच्च मा.वि. भगवतपुरका गणित विशेषज्ञ मधुसुदन प्रसाद मण्डल तथा महाविर मा.वि. हनुमाननगरका गणित शिक्षक अजय कुमार साहले गणित विषयको शिक्षालाइृ सहज बनाउने बताएको छ ।
नगरको शिक्षा क्षेत्रलाई ब्यवस्थित गर्दै पठन पाठन नियमित संचालन तथा शिक्षा क्षेत्रलाई शिक्षकहरु द्वारा नै सुधार गर्ने उद्देश्यले नगर प्रमुख शैलेष कुमार साहले शिक्षकलाइ ृप्राथमिकतामा राखेर अतिरिक्त क्रियाकलाप , आत्म रक्षा सम्बन्धी कराँते तालिम, शिक्षकका लागि तालिम जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको कार्यशालामा सहभागी भएका शिक्षकहरुले बताए ।
नगरको शिक्षा क्षेत्रलाई समृद्ध गरिने सन्दर्भमा आयोजित सो कार्यक्रममा स्वागत मन्तव्य भलुवा आधारभूत विद्यालयका प्रअ अशोक यादवले दिएका थिएभने प्रशिक्षक मधुसुदन प्रसाद मण्डल, शिक्षा समिति सदस्य दिनेश कुमार यादव, शिशु कल्याण ई. मा.विका प्रिन्सिपल अरविन्द यादव, ने.शि.महासंघ जिल्ला अध्यक्ष दिनेश प्रसाद यादव लगायतकाले शुभकामना मन्तव्य दिनु भएका थिए ।