भूपदेव माली
माघ १२ गते/राजबिराज
भारतले ७३औं गणतन्त्र दिवस मनाउने अवसरमा सप्तरीको भारदहमा बुधबार झण्डा- उत्तोलन कार्यक्रम सम्पन गरेका छन्।
भारतले प्रत्येक वर्ष को २६ जनवरी का दिन मनाउने गणतन्त्र दिवसको अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका को वडा नम्बर-१ भारदह स्थित रहेको कोशी प्रोजेक्ट कोलोनीको आ.बी. भवनमा नेपाल तथा भारतको राष्ट्रिय झण्डा राखेर ,दुवै देशका राष्ट्र गान गाउँदै झन्डोत्तोलन कार्यक्रम सम्पन्न गरेका हुन्।
नेपाल तथा भारतबीच कोशी नदीको सम्झौता भएको आधारमा कोशी नदीलाई नियन्त्रण गर्नका लागि स्थापित कोशी प्रोजेक्टको सो कोलोनीमा प्रत्येक वर्षको १५अगस्ट को स्वतंत्र दिवस र२६ जनवरीको गणतन्त्र दिवसको अवसरमा हुने सो ध्वजारोहण कार्यक्रममा भारतको तर्फबाट कोशी प्रोजेक्ट भारदह डिभिजन का कार्यपालक अभियन्ता इन्जिनियर अवधेश कुमार मण्डल, सह-अभिनेता नविनकुमार, सह-अभियन्ता गौतम कुमार, सह-अभियन्ता श्यामकिशोर, हेडक्वाटरका कनिय अभियन्ता रामप्रवेश, पवनकुमार लगायत कर्मचारीहरूको उपस्थिति र नेपालको तर्फबाट सशस्त्र प्रहरी बल वेश क्याम्प भारदहका प्रहरी निरीक्षक किशान तामाङ तथा जवानहरु ,नेपाल प्रहरी बाट ईलाका प्रहरी कार्यालय भारदहका प्रहरी सहायक निरिक्षक दिलिप खड्का, हवल्दार स्थानिय बुद्धिजीवी, समाजसेवीहरु लगायतका उपस्थिती रहेको थियो।
आयोजित कार्यक्रममा झण्डोत्तलन तथा राष्ट्र गानन् पश्चात नेपाल-भारत मैत्री -अमर रहोस, भारतीय गणतन्त्र दिवस-जिन्दावाद आदि नाराहरु लगाउदै हर्षोल्लासका साथ परेड सम्पन्न गरेका थिए।