भूपदेव माली,
राजविराज १६ कार्तिक ।
मारुती भ्यानले सिटिरिक्सामा ठक्कर हाल्दा चालक सहित पाँचजना सिकिस्त भएका छनभने एक जना यात्रीको मृत्यू भएको छ ।
सप्तरीको कंचनरुप नपा वडा नं. १ स्थित महुलीको पूल नजिक लोकमार्गमा बा.२१ च ६३९ नम्वरको मारुति भ्यान कंचनपुर तर्फ गईरहेको अवस्थामा विपरित दिशाबाट आईरहेको को २ ह ३४९८ नम्वरको सिटिरिक्सामा ठक्कर हान्दा हनुमाननगर कंकालिनी नपा १ भारदह स्थित कोशी ब्यारेज बस्ने वर्ष ७१को बद्रि मुखियाको घटना स्थलमै मृत्यू भएको छ भने अन्य वर्ष ६५ को रामलखन सुतिहार, सोही ठाउँ बस्ने वर्ष ५५को सहदेव खंग, सोही स्थान बस्ने सहदेव मुखिया रहेका छन् भने एकजनाको नाम थाहा नभएको र सिटिरिक्सा चालक पनि सिकिस्त भएकोले भारदह अस्पतालबाट वि.पी स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीको धरान रिफर गरिएको छ । मारुती भ्यान इलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा रहेको छ भने २ जना यात्रीहरुको उपचार भारदह अस्पतालमा भईरहेको छ । सिटिरिक्सामा सवार सबै यात्रीहरु साधुसन्त रहेका थिए ।