आज मकर संक्रान्ति अर्थात माघे संक्रान्तिको दिन हो,माघ महिनाको प्रथम दिन अर्थात् विक्रम सम्वतको माघ १ गते। आजको दिनलाई हिउँदको मध्य दिन पनि भन्ने गरिन्छ।आज हिन्दू धर्मावलम्बीहरूका महत्वपूर्ण पर्व मनाउने दिन हो।
१२वटा महिनाहरु,४वटा ऋतुहरु र १२वटै मसान्तहरु विक्रम सम्वतका गणकहरु हुन्। बर्षभरीमा दुई पटक सुर्यको स्थितिमा परिवर्तन हुने गरिन्छ। ती दुई परिवर्तनलाई “उत्तरायण”र “दक्षिणायन”भन्ने बुझिन्छ।६-६महिनाको अवधिमा सूर्यले मकर राशि देखी मिथुन राशि सम्म गोचर गर्दा त्यस सम्मलाई उत्तर आएन भनिन्छ भने जब सूर्य कर्कट राशि देखि धनु राशिसम्म प्रवेश गर्दछ भने सो समयलाई दक्षिणायन भन्ने गरिन्छ । उत्तरायणनको अवधिमा सूर्य क्रमशः उत्तर तर्फ जाने गरेको हामी हेर्न सक्छौं । अर्को अर्थमा उत्तरायण लाई शुभ शुभ मान्ने पनि रहेको छ ।आज देखि सूर्य उत्तरायण मा प्रवेश गरेको हुनाले नै संक्रान्तिलाई एक ठूलो पर्वको रूपमा अँगालेका छौं हामीले।
आज देखि नै मकर स्नान प्रारंभ हुन्छ माघ महिनाभरि चलिरहन्छ । विभिन्न नदी ,तालाब, पोखरी आदिमा सनातन धर्मावलम्बीहरूले बिहानैदेखि नुहाउने गरिन्छन् । पौराणिक मान्यताका अनुसार महाभारतमा भीष्म पितामहलाई इच्छामृत्युको बरदान थियो, रणभूमिमा अर्जुनका धनुष वाणहरुले शरीरमा सर्वत्र छेडेका भाष्म पितामहले आज कै दिन मृत्युको इच्छा प्रकट गरेर स्वर्गधारण अर्थात मृत्युको प्राप्त गरेका थिए।
मकर संक्रान्ति पर्व संसारका सारा हिन्दूहरूले मनाउने गरेको भएपनि हाम्रो नेपालमा अति महत्वको साथ यो पर्वलाई लिएको देखिन्छ। नेपालको मधेशमा मैथिल समुदाय र थारु जातिले आजको दिन यो पर्वलाई बडो सद्भावका साथ मनाउने गर्दछन् ।तीलको लड्डु, (तिलबा लड्डु ), मुरहीको लाय आदि संगै तिल, दाल, तरकारी तथा अन्य गेडागुडी हालेर पकाएको मिठो परिकार पकाएर खाने गरिन्छन् र इष्टमित्रहरुलाई पनि खान आमन्त्रित गर्दछन्।
आजको दिन हाम्रो नेपालका विभिन्न तिर्थ नदीहरुमा मकर स्नानका मेला लाग्ने गरेका छन्। कोशी नदीको बाराहक्षेत्र मेला, पनौती मेला, कालीगण्डकी नदीको मेला प्रमुख रुपमा मकर संक्रान्ति मेलाको रुपमा चर्चित रहेको छ।
वेद पुराण अनुसार उत्तरायण को बेलामा मृत्यु भएका मानिसले मोक्ष प्राप्त गर्छन् भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरुले पूनर्जन्म लिनुपर्छ भन्ने मान्यता रहेको भएर पनि मकर लाई शुभ भनिएको छ ।अतः मकर संक्रांति सबैको लागि शुभ होस्। मधेश न्युजको तर्फबाट मकर संक्रान्तिको धेरै- धेरै शुभकामना।