https://youtu.be/Z3Hhu-aCSIk
भूपदेव माली
पौष २९ गते/राजबिराज
प्रेस चौतारी नेपाल शाखा सप्तरीको सातौं जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ।
चौतारी का जिल्लाका अध्यक्ष खगेन्द्र कार्की को अध्यक्षता एवं नेकपा एमालेका पोलिट्व्यूरो सदस्य तथा राष्ट्रिय संसदीय दलका नेता सुमनराज प्याकुरेलको प्रमुख आथित्यमा सम्पन भएको हो।
अधिवेशनको खुल्ला सत्र कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष श्रवण देव , प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, प्रेस मञ्चका अध्यक्ष, प्रेस युनियनका अध्यक्ष, पत्रकार दिनानाथ यादव, प्रेस चौतारीका केन्द्रीय सल्लाहकार मनोहर पोखरेल, नेकपा एमालेका जिल्ला इन्चार्ज दिवाकर देवकोटा, जिल्ला अध्यक्ष ताराकान्त चौधरी ,सप्तकोशी नगरपालिका का मेयर उत्तमकुमार गौतम ,कन्चनरुप नगरपालिका का मेयर बसंत मिश्र, हनुमाननगर कंकालनी नगरपालिकाका प्रतिनिधि हरिश्चन्द्र बर्मा लगायतका उपस्थिती रहेको थियो।
सम्पन्न अधिवेशनमा जिल्लाका अध्यक्ष पदमा खगेन्द्र कार्की उपाध्यक्षहरुमा पुनम पोखरेल र डम्बर राई, सचिव शिव प्रसाद आचार्य, सह-सचिवहरु भगवती चौधरी र पिन्टु यादव, कोषाध्यक्ष पदमा भुपदेव माली गरी ११ सदस्यीय समिति गठन गरिएका छन्।
सम्पन्न कार्यक्रममा प्रमुख अतिथि को आसन बाट बोल्दै सुमनराज प्याकुरेलले भने वास्तवमा प्रदेश नम्बर दुईमा पत्रकारहरूको अध्ययनका लागि विश्व विद्यालयको स्थापना हुनुपर्दछ यसकालागि सरकारले पहल गर्दै र पत्रकारहरूको आर्थिक उन्नतिका लागि मार्गप्रशस्त गर्ने अवधारणा अवलम्बन गर्नुपर्ने बताउनुभयो।
पत्रकारहरूको अस्तर उन्नतिका लागि र दक्षताका लागि बेलाबेलामा राज्यद्वारा प्रशिक्षण वा तालिमहरु दिई राख्नुपर्ने र उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गरिने व्यवस्था राज्यले गर्नुपर्ने अर्को वक्ता पत्रकार महासङ्घका अध्यक्ष श्रवन देबले बताए।