https://youtu.be/70WRyjGYM9Y भुपदेव मलाी,
राजविराज, २६ पौष ।
पत्रकार स्व.उमा सिंहको स्मृतिमा आजको वातावरण दैनिकका सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा द्वारा आयोजना हुने पत्रकारिता पुरस्कार महेन्द्र सदालाई प्रदान गरिएको छ ।
सप्तरीको राजविराज स्थित नेपाल पत्रकार महासंघ सप्तरी शाखा सभाकक्षमा महासंघ द्वारा आयोजित २८ औं लोकेन्द्र स्मृति दिवसको अवसरमा पत्रकार सदाले उत्कृष्ट समाचार संकलन तथा सोधमूलक समाचार प्रकाशित गरिएको आधारमा प्रमुख अतिथी प्रदेश नं. २ का प्रवक्ता तथा अर्थ मंत्री शैलेन्द्र साह रु. १००१।– नगद तथा सम्मान पत्र द्वारा पुरस्कृत गरिुएको हो ।
सप्तरी शाखाका अध्यक्ष श्रवण देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैद्यनाथ यादव शाखा उपाध्यक्ष, मनोहर पोखरेल, धिरेन्द्र साह, मुरली प्रसाद यादव, ललिता साह, अवधेश झा, विष्णु कुमार मण्डल, बैद्यनाथ झा, अनिल कुमार अनल, प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, भोला पासमान, शिवहरी भट्टराई प्रदेश २ मिडिया काउन्सिल अध्यक्ष, आम संचार प्राधिकरणका श्याम सुन्दर यादव लगायतकाले मन्तव्य राखेका थिए भने उमा सिंह तथा लोकेन्द्र बुढाथोकीको पत्रकारिता जीवनबारे मनोहर पोखरेलले प्रकाश पारेका थिए ।
कार्यक्रममा मंत्री साहले लोकेन्द्र स्मृति दिवस तथा पत्रकारिता वितरण कार्यका लागि लोकेन्द्र स्मृति अक्ष्यकोष गठन गरि त्यउ कोषमा प्रदेश सरकारले प्रति वर्ग ५१ हजार दिने प्रतिवद्धता ब्यक्त गदै महासंघ कार्यालय अगाडी रहेको जग्गामा भवन निर्माणका रु. २५ लाख देखि ५० लाख बजेट उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका थिए । वहाँले यो महिना भित्रै प्रदेश नं. २ का नामाकरण तथा राजधानी निर्धारण निश्चित हुने माघ ५ गते मधेश बलिदानी दिवस सप्तरीमा नै मनाउने र प्रत्येक शहिद परिवारलाई रु. ३ लाख र घाईते हुनेलाई रु. ३ लाख सम्म आर्थिक मद्दत प्रदेश सरकारले गरिने कुरा बताउनु भयो ।
कार्यक्रममा सप्तरीका पत्रकारहरु यथार्थ घटनाहरु प्रकाशन गर्न कसैसँग नडराई पत्रकारिता धर्मको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनु भयो ।
यसरी नै पत्रकारहरुको आर्थिक जिवन कमजोर हुनुले आफ्ना सन्तानहरु शिक्षादिक्षा दिन समेत कठनाई भएकोले प्रकारहरुलाई जीवन उकासन सरकारले आर्थिक सहयोगमा व्यापक तथा बढोतरी गर्नु पर्ने माँग प्रदेश सरकारसँग गरिएको आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताए ।