https://youtu.be/sJGd2w5S9xY भुपदेव माली,राजबिराज ।
मितिः २०७८/०९/२२ गते को गोरखापत्र दैनिकमा प्रकाशित सप्तरी कारागारभित्रका कैदीबन्दीहरुलाई दमन शोषण र आर्थिक अनियमितता भएको समाचारप्रति कारागारका बी र सी ब्लकका कैदीहरुले आपत्ति जनाएका छन्।
शुक्रबार नेपाल पत्रकार महासंघ सप्तरी स् शाखाको कार्यालय सभाहलमा कैदी बन्दीका आफन्तहरु द्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो आपत्ति जनाएको हो।
प्रकाशित समाचारमा’ जेलर राजीनमा देऊ ‘भन्ने कुरा प्रति ब्लक बि र सि द्वारा असहमति रहेको भन्दै दुईसय जना कैदी बन्दीहरु को हस्ताक्षर सहित एक बिज्ञप्ति निकालेर कारागार व्यवस्थापन प्रमुख सुमन कोइराला ,कार्यालय सहयोगी चन्द्र नारायण, ब्लक सी का चौकिदार श्याम नारायण यादव लाई कुनै पनि हालतमा कुनै प्रकारको कारवाही वा राजीनमा नहुने प्रति समर्थन रहेको सम्मेलनमा बताए।
कारागारभित्र कैदीबन्दीहरुलाई खाना- रासनमा कुनै प्रकारको त्रुटि नगरी महिनामा दुईपटक माछामासु तथा दही दिने गरेको र कसैलाई कुनै प्रकारको कष्ट वा यातना नदिएको संगै भेटघाट गर्ने समयमा कुनै प्रकारको भेदभाव नगरेको उद्धृत गर्दै ब्लकहरुमा चौकीदारको सक्रियतामा अध्ययन -अध्यापन गर्न पुस्तकालयको समेत व्यवस्था सुचारु रहेको सम्मेलनमा अस्पष्ट गरेको थियो।
आयोजित पत्रकार सम्मेलनमा कारागारभित्र रहेका चौकिदार चन्द्रनारायण यादवका छोरा शैलेन्द्र यादव र साथमा सुनील यादवले सो कुराको अस्पष्टीकरण दिँदै गलत कुराको यथार्थ नबुझी समाचारमा नलेख्न पत्रकार संघ सम्मेलनमा अनुरोध गरेका थिए।