https://youtu.be/88cBM0ZLLZk भूपदेव माली,
राजविराज, २३ पौष ।
माधव नेपालको साथमा एमालेका केही गद्दार नेताहरु गएपनि यसले एमाले पार्टीलाई सुद्धिकरण गर्दै विशुद्ध नेकपा एमालेलाई देशको सवभन्दा ठूलो पार्टीको रुप्मा स्थापना हुन बाटो दिएको एमालेका पोलिटब्यूरो सदस्य नेता रघुविर महासेठले बताउनु भएको छ । नेता सेठले सो कुरा सप्तरीको राजविराजमा एमालेका ९ औं जिल्ला अधिवेसन सभामा बोल्दै भन्नु भयो–यति बेला नेकपा एमाले देशको सबभन्दा ठूलो पार्टीेको रुपमा उभरेको चितवनका महाधिवेसनलाई उदघृत गर्दै देशविदेशका संचारकर्मीहरुले पुष्टि गरेको बताउनु भयो ।
जुन बेला संसारमा कम्यूनिष्ट शासन व्यवस्थालाई ध्वस्त पार्न बल, पडयन्त्र तथा दुस्प्रचार सामन्ती शक्तिहरुबाट भई रहेको थियो, त्यो बेला नेपालमा नेता केपी शर्मा ओलीको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार स्थापना भई विकासका गति चरममा पुगेको देखेर केही विदेशी शक्तिहरुको जालमा फसेर माधव नेपाल तथा प्रचण्ड द्वारा पार्टी फोडेर कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको एमालेका नेता महासेठले बताउनु भयो ।
एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षता तथा पोलिटब्यूरो सदस्य, २ नं. प्रदेशका सह इन्चार्ज तथा पूर्व उपप्रधानमंत्री रघुविर महासेठको प्रमुख आतिथ्यमा सम्पन्न सो सभामा प्रदेश नं. २ का सह ईन्चार्ज प्रभु साह, पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, प्रदेश ईन्चार्ज तथा सुखीपुर नपाका मेयर राम अवतार यादव, पूर्व पोलिटब्यूरो सदस्य तथा प्रदेश सभा सदस्य सत्य नारायण यादव, प्र.स.स. सरिता गिरी यादव, लगायत १४ हजार भन्दा वढी पार्टीका संगठित सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा ‘२०५१ साल भन्दा पूर्व नेपाली कांग्रेकको सरकारले देश तथा जनतालाई अझ पछाडी धकेल्ने काम गरे, मनमोहन अधिकारी नेतृत्वको सरकारको कार्यकालमा मात्र विकासको बाटो खुल्न गएको इतिहास साक्षी रहेको कुरा विशिष्ट अतिथिको आसनबाट नेता प्रभु साहले आफ्नो मन्तव्यमा राखेका थिए ।
जिल्ला सचिव देवनाथ यादवले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पार्टीको जिल्ला उपाध्यक्ष मो. अब्दुल मजिद शाकिरले गरेका थिए भने ज्वाला साह, लिलानाथ श्रेक्ष्ठ, सुमनराज प्याकुरेल, दिवाकर देवकोटा सरीता गिरी यादव, रामअवतार यादव लगायतकाले मन्तव्य राखेको थिए ।
अधिवेसन उद्घाटन समारोह कार्यक्रमको विच विचमा सप्तरी साँस्कृतिक टोली द्वारा नृत्य तथा गित प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।