https://youtu.be/UCYLzzm468c भुपदेव माली,
राजविराज, २२ पौष ।
नेकपाएमाले सप्तरी जिल्ला कमिटिको अधिवेसन भोली राजविराज स्थित राजरंगशालामा हुने भएको छ ।
नेकपा एमालेको पार्टीै कार्यालयमा जिल्ला कमिटी सप्तरीले विहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको घोषणा गरिएको हो ।
पार्टीका जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा पार्टीका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेलले भोली ११ बजे देखि राजविराजको राजरंगशालामा हुने र बन्द सत्र अग्निसाईर कृष्णासावरणको सितापुर स्थित ग्रीन गार्डेन पार्टी प्यालेसमा २५ गतेबाट हुने बताउनु भयो ।
हुने अधिवेसनमा प्रमुख अतिथिको रुपमा प्रभु साह र ६ सय भन्दा बढी प्रतिनिधिहरु बन्द सत्रमा सहभागी हुने र ५ प्रतिशत जिल्लाले मनोनयन गर्ने बताउनु हुदै प्याकुरेलले भने जिल्लामा सकभर सहमतिको प्रयास गर्ने, आशा पनि रहेको बताउनु भयो ।
नेता प्याकुरेलले पत्रकारहरुलाई सम्बोधन गर्दै भन्नु भयो हाम्रो अधिवेसन सही समाचार प्रकाशन गरि पत्रकारिता धर्मको पालना गर्न समेत अनुरोध गर्दै भन्नुभयो –आउँदो निर्वाचनका लागि अब हाम्रो पार्टीले प्रचार गर्ने नभई उम्मेदवारी दिएको स्थानमा विजय मात्र प्राप्तिको कार्य गर्ने बताउनु भयो ।
प्रेस चौतारी नेपाल सप्तरी शाखाका अध्यक्ष खर्गेनद्र कार्कीले कार्यक्रम संचालन गरिएको सो सम्मेलनमा पार्टी जिल्ला १६४ वटा वडाहरुको प्रत्येक वडाबाट ३५ जना गरी १८ वटा गाउँ तथा नगर पालिकाको प्रत्येकबाट ७५ जना गरी जम्मा १३०५० जना र जिल्लामा १४ हजार भन्दा वढी पार्टीको संगठित सदस्य रहेको हुदा हुने अधिवेसनमा रंगशाला भरिने कुरा जिल्ला सचिव देवनाथ यादवले बताउनु भयो ।
भोली अधिवेसनमा सबै पत्रकारहरु आउनु सँगै बन्द सत्र कार्यक्रममा समेत आउन अनुरोध गर्दै जिल्ला अध्यक्ष चौधरीले कार्यक्रमलाई समापन गरिएको थियो ।