https://youtu.be/Y324zltJ75U
लिलाकान्त यादव
पौष१५ गते/राजबिराज।
सप्तरीको हनुमाननगरमा जसपा नेपालका कार्यकर्ता तथा हनुमाननगर कंकालिनी नगरपालिका का वडा अध्यक्षहरु द्वारा जनमत पार्टीका कार्यकर्ताहरुले गरेको अभद्र व्यवहार विरुद्ध जनप्रदर्शन गरेका छन्।
नगरको वडा नम्बर -११सखुवा स्थित जनमत पार्टीको आयोजनामा भइरहेको कार्यक्रम विच जनमत पार्टीका कार्यकर्ताहरुले वडाध्यक्ष मोही यादवको व्यक्तिगत चरित्र हत्या गर्ने मन्तव्य दिएकोबेला यादव र जनमत पार्टीका कार्यकर्ताहरु बिच भएको झडप प्रति भर्त्सना गर्न नगरका वडा अध्यक्ष तथा जसपा नेपालका कार्यकर्ता- समर्थकहरुले जनप्रदर्शन गरेका हुन्।
हनुमाननगरको महावीर माध्यमिक विद्यालयबाट लगभग हजारभन्दा बढी मानिसहरूले सहभागी भएको जुलुसले हनुमाननगर को बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो।
आयोजित कोणसभामा वडाध्यक्ष लक्ष्मी दास, वडा नम्बर २ का वडाध्यक्ष सन्तोष यादव गोईत, वडा नम्बर ४ का वडाध्यक्ष नागेश्वर मण्डल, वडानम्बर १४का जसपा युवानेता सूर्यनारायण यादव लगायतकाले जनमत पार्टीका कार्यकर्ताहरु द्वारा घटित चरित्रहत्या जस्ता घटनाको विरोध गर्दै अबउप्रान्त यस प्रकारको घटना नदोहराउन चेतावनी सहितका मन्तव्य राखेका थिए।