भुपदेव माली, १५ पाैष सप्तरी ।
सप्तरीमा कृषकहरुलाई बाढीका कारण भएको बालीको छेत्तीको पूर्ति एवं खाद्- मलको आपूर्ति गर्नुपर्ने मांग राखी जनमत पार्टीका कार्यकर्ताहरुले चक्काजाम गरेका छन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ भारदह स्थित पूर्व-पश्चिम लोकमार्गमा बिहीबार बिहान ०७:०० बजेबाट जनमत पार्टीका कार्यकर्ताहरुले सडकमा आगो बालेर चक्काजाम गरेका हुन्।
जनमत पार्टीका कार्यकर्ताहरुले पार्टीको झण्डा,बैनर र हातमा लाठी बोकी बिच सडकमा आगो बालेर पूर्व-पश्चिम जाने सवारी साधनहरुलाई आवतजावत गर्न अवरोधले गर्दा टाढा -टाढाका यात्रुहरुले सास्ती भोग्नुपरेको छ भने सैकडौं सवारीसाधनहरु अलपत्रमा परेको छ।
याता इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरिक्षकका टोली, इलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्रहरी नायव निरक्षक चन्द्र प्रसाद यादव नेतृत्वको टोली सशस्त्र प्रहरी बेश क्याम्प भारदहका टोली र सशस्त्र प्रहरी बल बरमझिया टोली द्वारा अन्दोलन नेतृत्वकर्ता सुरेन्द्र मण्डल र संकर खड्कासँग वार्ता गर्दै बन्द जाम खुलाउन प्रयास गरेपनि सफलता पाएका छैनन्।