https://youtu.be/pIVpx6G5pHE भुपदेव माली, राजबिराज ,२९ मंसिर , सप्तरी । सप्तरीको ह क न पा वडा नं ०१ भारदह मा बाबुको एक्लै छोरा रणिजत कुमार मिश्र 26 वर्षकै उमेरमा मृगौलाको समस्याले अपाङ्ग हुनपुगे । दुबै खुट्टाहरु काम गर्न छोडे भने पाइपबाट पेशाब फेर्नुपर्ने अवस्था आइपुगे ।मिश्रकाे अपांग भएको १० वर्षभन्दा बढी भइसकेको छ । बुवा सत्य नारायण मिश्र रहुन्जेल औषधि उपचार भइरहे । बुवाको निधन भएको पनि चार वर्ष बित्नै लाग्यो घरमा पत्नी दुई छोरी एक छोरा र ८० वर्षकी बुढी आमा रहेकी छिन । आर्थिक अवस्था अति कमजाेर भएकोले अब धेरै दिन बाँच्न सक्ने अवस्था पनि छैन।
अपांग मिश्रको मानशिक सस्मरण ठिक भएपनि हात शक्ति हिन तथा दुवै खुट्टाहरू हल्लाउन नसक्ने आवस्थामा छन र दुबै मिर्गौला नष्ट भैसकेको छ । दिशा- पिसाब फेरेको पत्तो नै हुँदैन।
मिश्र पत्नी ललिता यतिबेला असाहाय भएकी छिन् कोशी नदीको डुबान क्षेत्र भित्र आठ कट्ठा जग्गाको उब्जने स्रोत मात्र भएको हुँदा छोरा तथा दुई छोरीहरुलाई पठनपाठन गराउन समेत धौधौ परिरहेको आबस्था छ । जेठी छोरी खुश्बू कक्षा१० र छोरा कक्षा चारमा पढ्दैछन् । सन्तानलाई पढाउने खर्च र घरमा खान तथा लुगा आदिको खर्च व्यहोर्ने सक्ने आशा छैन । इष्टमित्र एवं आफन्तहरूको सहयोगमा परिवारको भरणपोषण गर्न बाध्य छ।
ललिता माथि छोरीको उच्चशिक्षाको तनाव र विवाह तनावले ग्रसित भै जहाँ तहां सहयोगकालागि मुहारमा रुमली रहेकी हुन्छिन् । ललिता तरुनी उमेरमै पतिको सुख सुविधाबाट वञ्चित मात्र नभई अझ ५ जना परिवारको बोक्न विवश भएको आफ्नो परिवारजनका बृतान्त इमधेश न्युजलाइ सुनाउँदै घरबार चलाउन तथा आफ्नो सन्तानहरुलाई अध्ययन-अध्यापन का लागि सहयोग गर्न अपेक्षा गरिन्।
अपांग रन्जित मिश्र कि धर्मपत्नी ललिताको दयनीय बृतान्त अत्यन्त मर्माहत छ । सरोकार बालाले उहाँको जीवन निर्वाहका लागि स्रोतसाधनको व्यवस्थामा गर्नुपर्ने आवश्यक रहेको छ। छोरा छोरीकाे भविष्य व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ। ****भुपदेव ममाली ****