भुपदेव माली,
राजविराज, २७ मंसिर ।
प्रदेश नं. २ मा बेरोजगारी समस्या न्यूनिकरण गर्न प्रदेशका जनतामा सिप हुनु आवश्यक छ । सीपको विकास गरे मात्र पूर्ण रुपमा रोजगारीको अवसर आउने कुरा प्रदेश २ का समाजिक विकास मंत्री नवलकिशोर साहले भन्नु भएको छ । वहाँले सीप भएमा देश तथा विदेशमा भएपनि रोजगारीको अवसर पाउने भएको हुदाँ प्रदेश सरकारले सीपमुलक तालिमको व्यवस्थामा लागी भन्नु भयो ।
सप्तरीको राजविराज स्थित के.अ. मा.वि. को प्राँगणमा प्रदेश २ का व्यवसायिक तथा सीप विकास तालिम केन्द्र द्वारा आयोजित सीपमुलक तालिम संचालन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा सोमवार सो कुरा मंत्री साहले बताउनु भएको हो ।
सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य मनिष सुमन, प्रदेश सभा सदस्य नेत्रविक्रम साह, राजविराज नपा मेयर शम्भु यादव, कंचनरुप नपाका मेयर बसन्त कुमार मिश्र, हनुमाननगर कंकालिनी नपाका उपमेयर सरिता यादव, जसपाका के.स.विकास तिवारी , नेत्री कल्पना चौधरी स्वास्थ्य प्रमुख दुनियालाल यादव, शिक्षा विकास तथा समन्वय इकाई सप्तरी प्रमुख विजय कुमार मंडल लगायतका उपस्थिती रहेको थियो ।
प्रदेश २ का समाजिक विकासका सचिव इम नारायण श्रेष्ठको अध्यक्षता एवं नविन दासले उद्घोस गरेको सो कार्यक्रममा जिल्लाका लगभग १५० जना भन्दा वढी मानिसहरुको उपस्थिती रहेको थियो ।