भुपदेव माली
राजबिराज/२५गते कार्तिक
हिन्दूहरूको महान आस्थाको पर्व छठ -पर्व बिहीबार सम्पन्न भएको छ।
बिहान सूर्य उदाएको बेला सूर्य देवतालाई छठपर्व गर्ने ब्रतालुहरु द्वारा बिहानको अर्घ्य चढाएर पर्वलाई समापन गरिएको हो।
नेपालको तराईमा निकै धुमधामका साथ मनाइने यो छठपर्व बिशेषतः सूर्य देवताको अनुष्ठान हो । वैदिक धर्ममा सूर्यलाई पनि देवता मानिन्छ । हुन पनि सुर्य बिना संसारको कुनै औचित्य नहुँदा पनि सूर्यलाई एक मात्र जिवित देवताको रूपमा रहेको अवधारणाको आधारमा पनि सूर्य देवतालाई यो पर्व मनाएर खुशी पारिने परम्परा रहिआएको देखिएको छ।
तराइका विभिन्न गाउँ -टोल तथा नगरहरूका विभिन्न नदी ताल -तलैया वा पोखरीहरुको छेउमा घाट बनाएर घाटहरुमा केराका थम्बा गाडेर विभिन्न प्रकारका रंगिन कागजहरु काटेर झल्लर तथा फूल बनाई सिंगार गरिनुको संगै उक्त घटनामा असलमा झिलिमिली बिजुलीबत्तीहरु द्वारा सजावट गरी र लिपपोत गरेर सो स्थानमा ब्रतालुहरुले सूर्य देवतालाई पूजा चढाउने विशेष परिकारका गहुँ को पिठो बाट बनाएको ठेकुवा ,चामलको पिठो द्वारा तयार पारिएको भुसुना लड्डु, नरिवल, अदुवा, बेसार, उखु लगायत विभिन्न प्रकारका फलहरु र अन्य सामग्रीहरु लगेर अर्घ्य दिएका छन्।
सद्भाव -भातृत्वको प्रतिक समेत मानिने यो पर्वलाई बिहीवार बिहान सूर्य उदाएको बेला बडो हर्ष अनि उल्लासका साथ बाँस द्वारा तयार पारिएको छैठींमा अनुष्ठान का विभिन्न सामग्रीहरु बोकेर व्रतालु संगै व्रतालुका घरपरिवारका मानिसहरुले घाटतिर पुगेर घाट सूर्य देवतालाई अर्ध्य चढाएर पर्वलाई समापन गरिएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं-१ भारदह स्थित कोसी बैरेजको नदीको किनारमा बनिएको घाट, कंकालिनी भगवती मन्दिर स्थित भारीदह घाट ,राजविराजको भागवती मन्दिर स्थित पोखरी, छिन्नमस्ता भगवती मन्दिरको पोखरी लगायत जिल्लाका विभिन्न सानातिना नदी र पोखरीहरुलाई दलही झैं सिंगारिएर घाट बनाई सो घाटमा छठ पर्व मनाएका छन्।
छठ पर्व मनाउने ब्रतालुहरुले दुई दिन उपवास पछि आज बिहान सूर्य देवतालाई अर्घ्य दिएपछि आ-आफ्नो घर पुगीसके पश्चात् अर्घ्यमा चढाएका प्रसाद खाए पश्चात मात्र अन्नजल ग्रहण गरिएका छन्। https://youtu.be/rdiS6xD4EbU https://youtu.be/rdiS6xD4EbU