भुपदेव माली
राजबिराज/ कार्तिक २४ गते
हिन्दुहरूको महान् आस्थाको पर्व छठको बुधबार बेलुकी सूर्य अस्ताउने घडीमा ब्रतालुहरु द्वारा सूर्य देवतालाई पहिलो अर्घ्य दिएका छन् ।
पहिलो दिन नुहाएर खानपान, दोस्रो दिन खरना र तेस्रो दिन सुर्य देवतालाई अनुष्ठान का विभिन्न परिकार सहित अर्घ्य दिने यो पर्वको विशेष अनुष्ठान विधिअनुसार आज सूर्य अस्ताउने बेलामा अर्घ्य दिएको हो। https://youtu.be/T3RaQ17FCFw https://youtu.be/T3RaQ17FCFw
नेपालको तराई क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व विशेषत: सूर्य देवताको अनुष्ठान हो ।वैदिक सनातन धर्ममा सूर्यलाई पनि देवी मानिन्छ, पृथ्वीमा सूर्यको प्रकाश बिना संसारकै अस्तित्व नै न हुने हुँदा पनि यो धर्ममा सुर्यको स्थान भगवानको श्रेणी अर्थात भगवान मानिएको छ।
तराइका विभिन्न गाउँ- टोल तथा नगरका विभिन्न नदी ,ताल -तलैया वा पोखरीहरुको छेउमा घाट बनाएर सो घाटमा केराका रम्भा गाडेर विभिन्न प्रकारका कागजातहरूको फूल-झालर काटेर सिङगारिनुको संगै सो घाट स्थलमा झिल्लिकमिलिक्क बिजुली बत्तीहरु द्वारा सजावट गरी पवित्र रुपमा तयार पारिएको घाटमा ब्रतालुहरुले सूर्य देवतालाई पूजा चढाउने विशेष परिकारमा ठेकुवा , द्वारा चामलबाट तयार पारिएको भुसुवा, नरिवल लगायत विभिन्न प्रकारका फलहरु र अन्य सामग्रीहरु लगेर अर्घ्य दिए दिएका छन्।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं-१ भारदह स्थित कोशी ब्यारेज को घाट ,कंकालिनी भगवती मन्दिर स्थित भारीदह घाट ,राजविराजको भगवती मन्दिर स्थितको पोखरी, छिन्नमस्ता भगवती मन्दिरको पोखरीहरुलाई दुलही झैं स-सिंगारिएर मनाएका छन्।
सद्भाव भातृत्वको प्रतिक समेत मानिने यो पर्वलाई बुधबार बेलुकीदेखि बडो हर्षअनि उल्लासका साथ बांस द्वारा तयार गरिएको छैंठीमा ठेकुवा, भुसुवा, उखुं,वेसारको बिरुवा ,अदुवा, नरिवल,जब छौं,फलफूल तथा अनुष्ठान का विभिन्न सामग्रीहरु बोकेर ब्रतालुहरु सँग-सँगै घरपरिवारका मानिसहरूको सडकछेउमा घाटतर्फ जानेको लाम तथा पुनः फर्किनेको लाम हेर्दा एक अद्भुत तथा पर्व प्रतिको उमगंपूर्ण रमिता भएको भान जो कोहीले पनि महसुस गर्न सकिन्थ्यो।
मनोकामना पूर्ण हुने यो छठ पर्वलाई भोलि बिहान सूर्य उदाउने बेलामा अन्तिम सूर्यलाई अर्घ्य दिएर पारण गरिने अर्थात् ब्रतालुहरु सूर्य देवतालाई भोग लगाएका परिकारको प्रसाद ग्रहण पश्चात अनुको भोजन गरिने छ।