अशोक झा
राजविराज, २२ कार्तिक । खेल र स्वास्थ्य एक अर्काको परिपुरक रहेको प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले बताएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदहमा सामेवार क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साहले यस्तो धारणा राखेका हुन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै मन्त्री साहले खेल मानव जीवनको अभिन्न अंग भएको हुनाले खेल खेल्नाले व्यक्ति स्वस्थ हुनुका साथै मानसिक रुपमा समेच उच्च हुने भन्दै मन्त्री साहले कुनै पनि खेलबाट मानिसमा सकारात्मक सोचको चिन्तन भई रहेको हुनाले खेल र स्वास्थ्य एक अर्काको परिपुरक रहेको बताए ।
स्थानीय कंकलिनी क्रिकेट क्लब र युवाहरुको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रममा जसपा केन्द्रीय सदस्य रामरिझन यादव, राष्ट्रिय शिक्षक मन्चका केन्द्रिय उपाध्यक्ष दिनेश कुमार यादव , जसपा नेता विकास तिवारी, वडा नं १ का वडा अध्यक्ष भिमराज यादव लगायत दर्जनौं नेता तथा कार्यकर्ताको संगै स्थानीय भद्रभलादमी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
मां कंकालिनी क्रिकेट टिम भारदह द्वारा सञ्चालित सो टुर्नामेन्टमा सुनसरीका इनरुवा क्रिकेट टिम, छिन्नमस्ता गाउँपालिका का बरही-बिरपुर ,सुनसरीका भन्टाबारी क्रिकेट टिम, राजबिराज रंजीतपुरका क्रिकेट टिम,हनुमाननगर का क्रिकेट टिम, सिरहा लहानका क्रिकेट टिम र भारदहका दुईवटा क्रिकेट टिमहरुले भाग लिएको शो खेलको पहिलो दिन टस जितेर फत्तेपुर क्रिकेट टिम ले खेल प्रारम्भ गरेको थियो। प्रतियोगिताको उद्घाटन खेलमा भारदह केसीटी “बी”ले फत्तेपुर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको छ ।
उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेका फत्तेपुर टिमले १७ ओभरमा सम्पूर्ण विकेटको क्षतिमा ८४ रन मात्र बनाउन सकेका थिए । ८७ रनको विजयी लक्ष्य सहित मैदानमा आएका केसीटीले ७ विकेटको क्षतिको ११ दशमलव ३ ओभर खेल्दै लक्ष्य भेटाएका छन् ।
खेलको म्यान अफ दी म्याच विजयी टिमका मिस्टर मन्सुरीलाई घोषित गरेको आयोजकले बताएका छन् ।
मन्त्री साहले ” एक स्तरीय खेलमैदान नहुँदा आजको यो खेल उद्घाटन गर्दाखेरि आफैंमा दुख लागेको छ। निकट भविष्यमा यो ठाउँमा स्तरीय खेलमैदान अर्थात् एक स्तरीय रंगशाला बनाउन आवश्यक पहल गर्ने छु ” भन्नुभयो । https://youtu.be/VRmMaAws_jI https://youtu.be/VRmMaAws_jI भारदह क्रिकेट टिम का एम सी मिस्टरले आजको खेलमा मैन अफ दि मैचको उपाधि हासिल गर्न सफल भएको थिय। भोलिको खेल भारदह -हनुमाननगर र बरही-विरपुर -भन्टाबारी बिच क्रिकेट हुनेछ।