भूपदेव माली
चैत्र १९ गते/राजबिराज
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -१, भारदह स्थित कंकालिनी भगवती मन्दिरमा आयोजित नवाह रामायण कथा तथा नि:शुल्क सामुहिक उपनयन संस्कार (यज्ञोपदित संस्कार) अनुष्ठानको सनिवार मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गरेका छन्।
ब्राह्मण सेवा समाज, सप्तरी तथा भारदह ग्रामबासी द्वारा आयोजित अनुष्ठानमा सनिवार अर्थात् चैत्र १९ गतेदेखि प्रत्येक दिन बिहान बेलुका भारत,बिहारकी प्रख्यात कथा वाचिका निभा भारती “कोकिला” द्वारा संगितमय रामायण कथा वाचन र चैत्र २८ गते सामुहिक उपनयन संस्कार यज्ञोपदित गरिने सो अनुष्ठान उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा मन्त्री साह एवं धर्मपत्नी सावित्री देवी साह, विशिष्ट अतिथिद्वय ब्राह्मण सेवा समाज, सप्तरीका अध्यक्ष विवेकानन्द प्रसाद मिश्र र सचिव आजित कुमार ठाकुर रहेका थिए।
ब्राह्मण सेवा समाज भारदहका अध्यक्ष सुशिल झाको अध्यक्षतामा सम्पन्न सो उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा मन्त्री साह द्वारा दिप प्रज्वलन गरी उद्घाटन गर्ने क्रममा “हिन्दू धर्मावलम्बीहरूका परम्परा र संस्कृति – संस्कारलाई सम्मान सहित संरक्षण गर्ने हामी सबैको दायित्व हो र संस्कृतिले नै हाम्रो पहिचानको मुख्य आधार स्रोत पनि भएको हुनाले सार्वजनिक स्थानमा यस प्रकारको सामुहिक संस्कार अनुष्ठानको आयोजन हुनु परिवर्तित युगको मागं पनि भएको” बताउँदै”मेरो तर्फबाट आवश्यक सहयोग गरिने “बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि , अतिथि, ज्येष्ठ नागरिक र रामायण कथा वाचिकालाई मिथिलाका प्राचीन पहिरन पाग, धोती, गम्छा र सारी आदि द्वारा सम्मान गरिएको थियो।
स्थानीय पुरोहित प्रमोद झाले मंच संचालन गरेकाे सो कार्यक्रममा वडाध्यक्ष भिमराज मण्डल, सप्तरीका वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले मंच का शोभा बढाएका थिए र स्थानीय युवा संतोष झाले भारदहका पहिचानसंग आवद्ध कविता वाचन तथा कथा वाचिका कोकिलाको कोकिल आवाजबाट स्वागत गित गायन गरिएको थियो।