भूपदेव माली,
राजविराज, २७ जेठ ।
मा कंकालिनी भगवती मन्दिर क्षेत्रलाई फराकिलो गर्दै ताललाई सौन्दयीकरण गरी मन्दिर व्यवस्थापनमा ब्यापक सुधार गर्ने कंकालिनी भगवती मन्दिर व्यवस्थापनमा ब्यापक सुधार गर्ने कंकालिनी भगवती मन्दिर विकास समितिका लागि अध्यक्ष पदका लागि मनोनयन दर्ता गरिएका स्थानिय समाजसेवी निलेश कुमार झाले बताउनु भएको छ ।
शनिवार घरदैलो गर्ने क्रममा मधेश न्यूज संग साक्षात्कार हुदै सो कुरा बताउनु भएको हो ।
पुर्वी नेपालको प्रसिद्ध शक्तिपीठ रहेको सो मन्दिरमा दशैंको बेला लाखौं मािनसको भिड हुने हुदा सो भिड नियन्त्रण तथा मेला परिसर तथा गाडी पार्किङ्ग स्थल निर्माण गरी एक मधेश प्रदेशको चर्चित पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताउदै आफ्नो गठबन्धनलाई भारी मतले जिताउन समेत आग्रह गर्नु भयो ।
वडा नं. १ मा मात्र सिमित अर्थात पूर्व गा.वि.स मा मात्र स्थित रहेको सो समितिमा १५ सय भन्दा वढी मतदाता विच ४ जना अध्यक्ष पदका उम्मेदवारमा प्रतिस्पर्धा गर्दै आफ्नो प्यानल विजय हुने बताउनु भयो ।
प्रत्येक वर्षमा अधिवेसन द्वारा नयाँ समिति गठन हुने यस वर्ष केही नयाँ तथा केही पुराना अनुहार अनुहारले चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
अध्यक्ष उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, महिला सदस्य तथा ५ जना खुल्ला सदस्य पदका लागि हुने निर्वाचनमा यही ३२ गते मतदान हुने जनाएको छ ।