वि.पी कोईराला,
राजविराज २७ साउन,
केही सिमित व्यक्तिले विद्युत चुहावट गर्दा पुरै गाउँको विद्युत कटौति गरेको भन्दै स्थानिय आक्रोसित भएका हुन । वडा नं. १० का वडासदस्य जगरनाथी चौधरीले घटनाबारे बोल्दै सोमवार काटेकोृ लाईन मंगलबार साँझ सम्म पनि स्थानिय चर्को गर्मीको समयमा विद्युतबाट वञ्चित रहेको बताउनु भएको थियो । स्थानिय १० देखि १५ बर्ष उमेर समुहका बालबालिकाहरुले बिजुलीको तारमा हुकिंग गरि मोटर लगाएर खाल्डोमा माछा मार्दै गरेको अवस्थामा भेटेको विद्युत कार्यालयका प्रमुख प्रदिप शर्माको भनाइ थियो । विद्युत कार्यालयलाई रु. ५००० जरिवाना तिरेपछि र माफी मागे पछि मात्र मोटर फिर्ता गरि विद्युत सुचारी गरिने कार्यालय प्रमुख शर्माको भनाई छ । अत्याधिक गर्मीको समयमा केही बालबालिकाको कारण पुरै गाउँलाई मर्का पार्ने काम भएको स्थानियहरुले गुनासो गरेका छन् ।