वि.पी. कोइराला, ७ असोज, सप्तरी। सप्तकोशी नगरपालिकाको पाचौ नगर सभा सम्पन्न भएको छ।
आ.व २०७७/७८ का लागि झण्डै ४६ करोड ८२ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कृषितर्फ ५१ लाख ५० हजार, स्वास्थ्य तर्फ ५३ लाख ८२ हजार, पशुपक्षि विकास तर्फ ३७ लाख ४५ हजार र सामाजिक विकास तर्फ २६ लाख ४५ हजार बजेट बिनियोजन गरिएको छ।
यस्तै नगर स्तरिय कार्यक्रमहरुमा नगरपालिका भवन निर्माण, वडा नं ३, ५, ७ र ११ को अधुरो भवन निर्माण, वडा नं ४, ६ र १० को नयाँ भवन निर्माण, वडा नं ९ मा स्टल निर्माण, वडा १ को अधुरो अतिथि गृह निर्माण, प्रसाहा सखबनी सडक कालोपत्रे, वडा नं ९ को मगत गैया थान जाने बाटो निर्माण, राष्ट्रिय मावि फत्तेपुरको अधुरो स्टल निर्माण, वडा नं ४ को खातापुल निर्माण, चन्द्र नहर देखि रेन्जर कार्यालय सम्मको अधुरो सडक, वडा नं ११ को चिन्तामणि खाताको कल्भर्ट निर्माण, बोचहि सडक कल्भर्ट निर्माण, वडा नं ८ मा सभाहल निर्माण, एफ एम रेडियो सञ्चालन सहयोग, वडा नं ८मा राजाजी मन्दिरको व्यवस्थापन, वडा नं. ८ र ९ को सिंगिया सडक निर्माण, वडा नं. ५ को नाला मर्मत, रेडक्रस भवन निर्माण, हेडबाँध अधुरो पर्यटन क्षेत्र चिल्ड्रन पार्क बनाउने, यस्तै मलेट , जुटपानी, सत्रापत्रा, अमाह, गंगाजली नियन्त्रण, ट्यांग्रा, मयुरनी खाता नदि नियन्त्रण, वडा नं ३ र ७ को बाँध निर्माण लगायत कुल १६ करोड, ९६ लाख २७ हजार बजेट बिनियोजन गरिएको छ।
यस्तै वडा नं १ मा कुल जम्मा ६८ लाख, वडा नं २ मा ५० लाख, वडा नं ३ मा ४७ लाख, वडा नं. ४ मा करिव ५२ लाख, वडा नं. ५ मा ४७ लाख, वडा नं. ६ मा ४७ लाख , वडा नं. ७ मा ४७ लाख, वडा नं. ८ मा ४८ लाख, वडा नं. ९ मा ४७ लाख, वडा नं. १० मा ४९ लाख र वडा नं. ११ मा ४९ लाख बजेट बिनियोजन गरिएको छ। यस्तै आ.व. २०७६÷७७ का अल्या योजना तथा कार्यक्रममा २६ करोड ११ लाख ६६ हजार बजेट बिनियोजन गरिएको छ। नगरसभाको उदघाटन कार्यक्रम का प्रमुख अतिथि सत्यनारायण मण्डलले कार्यक्रममा बोल्दै जनअपेक्षामा प्रणालीगत परिवर्तहुनुपर्नेमा जोड दिनभयो।
नगरपालिकाको आ.व. २०७७/७८ को प्राथमिकतामा रहेको कार्यक्रममा २०७७ साल असोज महिना भित्रै ५ बेडको कोरोना अस्पताल, सर्पदंश उपचार केन्द्र, एम,बि,बि,एस सहित आकस्मिक सेवा र नगर एम्बुलेन्स सेवा सञ्चालनमा आउने उल्लेख छ। यस्तै प्रत्येक वडाका मुख्य मुख्य चोकमा फ्रि वाइ फाई जडान गरिने तथा विभिन्न वडाहरुमा खेल मैदानको डिपीआर तयार गरि खेलकुद प्रशिक्षण केन्द्र समेत स्थापना गरिने उल्लेख छ। यस्तै युवा सञ्जालको गठन गर्ने साथै सार्वजनिक सुनुवाइ कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख छ। पशुबिमा कार्यक्रममा ९५ प्रतिशत अनुदानको व्यवस्था मिलाइएको छ।
केही अन्य आकर्षक कार्यक्रमहरुमा खरको छानामुक्त नगरपालिका बनाउने साथै सप्तकोशी नगरपालिकामा भ्रष्टाचारमुक्त बिधिको शासन व्यवस्थाको सुनिश्चित गर्न संयन्त्र नै खडा गर्ने बिषयलाई जोड दिइएको छ। नगरपालिकाले नगरसभा मार्फत सुसाशनको प्रत्याभूति गरेको छ तर विगतका बर्षहरुमा झै यसपटक पनि कार्यक्रमहरु योजनामै सिमित रहे भने बहुमतको दम्भलाई जनताको बहुमतले निसन्देह सेखी झार्नेछन्।