भूपदेव माली,
राजविराज १० पौष ।
राजपाले घोषणा गरेको चरण वद्ध आन्दोलनको क्रममा जिल्लाको विभिन्न स्थानमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमंत्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।प्रधानमंत्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय प्रतिनिधि सभा विघटन गरी अगामी बैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरिएको विरुद्धमा सो पुतला दहन कार्यक्रम गरेका हुन् ।घोषणा फिर्ता लिन नारा सहितको जसपाले निकालिएको जूलुस पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा नेता चौक स्थित पुतला दहन गरी कोण सभा सम्पन्न गरेका छन् ।
पुतला दहनको क्रममा सप्तरी सदरमुकाम राजविराजमा बृहत सशस्त्र तथा नेपाल प्रहरीको टोली परिचालन गरिएको थियाे । सो विरोध सभामा जसपाका केन्द्रीय नेताहरु दिनेश कुमार यादव , के.स.कैलास यादव, के.स. जय प्रकाश ठाकुर, अध्यक्ष सुनिल झा, दिपेन्द्र चौधरी ,महिलानेतृ पुनम यादव ,राजविराज नगरपालिकाका मेयर शम्भु यादव, बलान विहुल नपा प्रमुख दयानन्द गोईत ,तिलाठि काेइलाडिका अध्यक्ष सतिश कुमार सिह ,युवा अध्यक्ष शिबम यादव , राजेश राय(राहुल) लगायतका वक्ताहरुले संसद पुनरस्थापनाको माग गरेका छन् ।
किशोर कुमार यादव(केसी) ले कार्यक्रम संचालन गरेको सो कार्यक्रममा पार्टीका बरिष्ट नेता मृगेन्द्र कुमार सिंह यादव लगायतको सहभागिता रहेको विद्यार्थी नेता शम्भु यादवले जानकारी गराए ।
यसरी नै जसपा द्वारा सप्तरीको राजगढ गापा –३, नर्घो स्थित झौहरा चौकमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमंत्री केपी शर्मा ओलीका पुतला दहन गरेको समाचार प्राप्त भएको छ । नेता मुसहरु यादवको अध्यक्षतामा सो पुतला कार्यक्रममा सेकडौ कार्यकर्ताहरुको सहभागिता रहेको थिए ।