भूपदेव माली
राजविराज, ११ भाद्र ।
सप्तरीको हरेक गाउँटोलहरूमा कृष्ण अष्टमीको मेला एवं राजविराजमा विशाल कृष्ण रथयात्रा निकालिएका छन्।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि कृष्ण जन्माष्टमीको अवसर पारेर कृष्णभक्तहरूले श्रीकृष्ण रथयात्रा निकालिएका हुन्।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज जात्राको दिन हो र आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मेला एवं कृष्ण रथयात्रा निकालिने गरेका छन्। राजबिराजको वडा नम्बर ९मलेठ स्थित श्रीकृष्णको मन्दिरबाट निकालिएका रथ रुपनी स्टेण्ड हुदै राजदेवी रोड हुदै तेतरी गाछी बाट भारदह राजबिराज सडक खण्ड भएर गजेन्द्र चोक हुँदै अदालत रोड परिक्रमा गरी पुन कृष्ण मन्दिर मा गई समापन गरिएको थियो।
यादव सेवा समितिले आयोजना गरिएको रथयात्रामा हजारौं मानिसहरूको सहभागिता रहेको थियो।
संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख बाट सुसज्जित भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको थियो ।
भगवान् श्री कृष्णको व्यक्तित्व अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्ने मात्र नभई एक अर्का बिच प्रेम सद्भाव बढाउने महामन्त्र थिए।
श्री कृष्णको परिचयक कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू–लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा नभई ईश्वरको रुपमा अझै पनि चर्चित छन् ।
भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । किनभने राधा प्रकृति हुन् र कृष्ण प्रकृतिमाथिको प्रकाश। प्रकृतिमा प्रकाश रहेन भने संसारका सबै अस्तित्व मेटिन्छ। यी दुवै एक महाशक्ति हो जसलाई हामी ईश्वर भन्छौं। राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् ती सबै मन्दिरहरूमा भक्तजनहरूको भीड रहेका छन् र यस अवसरमा भाकल गरिएका परिवारले श्रीकृष्णको लिला विग्रह माटोको मूर्ति बनाएर मेला पनि आयोजन गरेका छन्। ती मूर्तिहरूलाई भोलि १२ गतेका दिन नदी अथवा तालमा सेलाउने बताइएको छ।
कृष्णजीका भक्तहरु कृष्ण जीको सास धड्कन तन मन सबै तिर बास गरेका हुन्छन। वास्तवमा जुनसुकै व्यवसाय बाट जीवन व्यतित गरिरहेका कुनैपनि मानवले पनि कृष्णको वानी, आकर्षण र उपदेशको अनुभूती मात्रैले पनि उ आफ्नो जीवनको सुख एवं आनन्द अनुभूति गर्न सक्दछ।