भूपदेव माली
राजविराज, ०७ भाद्र ।
सप्तरीको भारदहमा हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गतका जसपा नेपालका अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।
जसपा नेपालले अगाडि सारिएको घर घरमा जसपा गाउँ टोलमा जसपा जिल्ला जिल्लामा जसपा भने कार्यक्रम तहत सो जसपा नेपालको नगरस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो।
जगदेव यादवले अध्यक्षता गरेको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रीय राजनीति समितिका सदस्य एवं पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव , विशिष्ट अतिथिको रुपमा केन्द्रीय सदस्य शम्भु कुमार झा, अतिथिहरूमा राजेश्वर राय, जिल्ला सचिव हरेराम यादव , पूर्व जिल्ला समन्वय समिति प्रमुख मनोज यादव ’प्रभाकर’लगायतका विशिष्ट नेता एवं नगरभरिका अगुवा कार्यकर्ताहरू, पूर्व वडाध्यक्ष , वडाध्यक्ष, सहितका उपस्थिति रहेको थियो।
सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै बौद्धिक समितिका अध्यक्ष जितेन्द्र खड्काले मधेस आन्दोलनको थलो रहेको यस नगरपालिकामा कमजोर नरहेको बताउनुभयो।
कंकालेनी भगवती मन्दिरको सभा हलमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य शम्भु झाले यस नगरपालिकामा पार्टीले राम्रै स्थान र सम्मान दिएका नेताहरुले प्रलोभनमा परेर अन्य पार्टीमा लागि यस पार्टीलाई क्षति पुर्याएता पनि यस पार्टीको अवस्था दरो नै रहेको बताउँदै निकट भविष्यमा मेयर सहित १४ औं स्थानमा जसपा नेपालले विजय हुने बताउनुभयो।
भारदह राजविराज सडक खण्ड आज अवरोध भएतापनि सभा हल खचाखच भरिएको सभा हलमा प्रमुख अतिथिको आसनबाट नेता कुमार सिंहले यस देशमा संघीयता लाई भाड्नका लागि परेको बताउँदै संघीयता र आफ्नो अधिकार जोगाउनका लागि समर्थन गर्नका लागि र थप अधिकार प्राप्तिका लागि समस्त मधेसीहरू एक हुनेमा जोड दिएका थिए।
जसपा नेपालका सप्तरी जिल्ला उपसचिव निलेश कुमार झाले मंच संचालन गरिएको कार्यक्रममा हनुमाननगर कंकाली नगरपालिकाका पूर्व वडाध्यक्ष भिमराज मण्डल, श्यामदेव यादव, मनोज कुमार यादव ’प्रभाकर’ लगायतकाले मन्तव्य राखेका थिए।