भूपदेव माली,
राजविराज, २२ साउन ।
पोर्ताहामा मृतक भोला रामको परिवारलाई मेयर वीरेन्द्र माझी द्वारा राहत प्रदान गरिएको छ।
सप्तरीको हनुमाननगर कङ्कालनी नपा वडा नं ३ पोर्ताहा बस्ने ७० वर्षीय मृतक भोला रामको पत्नी धनेश्वरी देवी रामलाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीद्वारा विभिन्न खाधान सामग्री सहितका राहत प्रदान गरिएको हो।
मङ्गलबार १३औं दिनको पुण्यतिथिको अवसर पारेर प्रदान गरिएको राहतमा चावल दुई काटा, तेल ५ लिटर, चुइरा पाँच किलो, दाल पाँच किलो ,पापड दुई पाकेट, मुरहो १ बोरा, चिनी पाँच किलो लगायतका खाद्यान सामग्रीहरू प्रदान गरिएको सो अवसरमा अवसरमा वडा नम्बर ३ का वडाध्यक्ष विजय यादव लहोटिया, वडा सदस्य धीरेन्द्र राम, समाजसेवी विनोद रजक लगायतका उपस्थिति रहेको थियो।
मृतक राम आफ्नो छोरीको घर गइरहेको अवस्थामा घामबाट सिकिस्त भई धानको खेतमा लडेर मृत अवस्थामा फेला परेका थिए। मृतक को दुबई छोरा तथा छोरी हरू रहेका छन्।