भूपदेव माली,
राजविराज ०५ फाल्गुन ।
देशमा प्रतिगमन भएको छ प्रधान मन्त्रीले संविधानमाथि कु गरेको छ , लोकतन्त्र माथि प्रहार गरेको छ , लोकातान्त्रिक मूल्य मान्यताको लागी जनता समाजबादी पार्टी संघर्षमा छ ,अहिले देशलाई प्रतिगमन बाट जोगाउनु पर्यो , यसका लागी संसद पुनस्र्थापना हुनु पर्छ भन्ने हामी माँग गरिरहेको जनता समाजबादी पार्टी नेपालका बरिष्ट नेता राजेन्द्र महतोले मधेश न्यूजलाई बताउनु भयो ।
सप्तरीको हनुमाननगर कंकालिनी न.पा. वडा नं.१ भरदह स्थित कंकालिनी भगवती मन्दिरमा बुधवार पूजा दर्शन गर्न आउनु भएको बेलामा मधेश न्यूज संग कुरा गर्दै सो कुरा बताउनु भएको हो । वहाँले यतिवेला पार्टीले प्रतिगमन विरुध्द संधर्षका कार्यक्रम तथा पार्टी समायोजन संदर्भमा अर्थात पूर्व राजपा तथा समाजबादी पार्टीको समायोजन बारेमा कार्यहरु भईरहेको बताउनु भयो । तपाईको पार्टीले चुनावका लागि सडकमा छन् कि ? प्रश्न गर्दा– वहाँले होईन , यतिवेला कुनै पनि निर्वाचन हुन गईरहेको छैन , जवसम्म सम्मानिय स्र्वोच्च आदालतले निर्णय सुनाउदैन , तब सम्म निर्वाचनको कुनै सम्भावना छैन र यो ओली सरकारबाट निर्वाचन सम्पन्न हुन पनि नसक्ने बताउनुभयो । वहाँले अगाडी भन्नुभयो चुनाव देखी हामी भाग्ने होईनौ तर यतिबेला सम्म चुनाबको कुनै सम्भाबना छैन ।