भूपदेव माली
राजविराज, १४ जेष्ठ ।
कोशी ब्यारेजमा पुनः अर्को सब फेला परेको छ।
सोमबार कोशी बारेजको उत्तर दुई नम्बर नौजको अगाडि एउटा पिपलको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा एक युवतीको सब फेला परेको हो।
बिहान छ साढेछ बजे को समयमा स्थानीयहरूले काम गर्न जाँदै गरेको अवस्थामा उक्त सब दृष्टिगोचर भएपछि प्रहरीलाई सूचित गरिएको थियो। सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्रहरी नायब निरीक्षक पप्पु झा नेतृत्वका टोली घटनास्थलमा पुगेका थिए।
पहिलो रंगको कुर्था–सुरुवाल लगाएकी र अनुहारमा रुमाल जस्तो देखिने मास्क लगाएकी मुस्लिम समुदायकी झैँ देखिने लगभग २२÷ २४ वर्षकी युवतीको शवको पहिचान हुन सकेको छैन।
मृतक कहाँकी हुन् , को हुन्? र किन झुण्डिएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।।