भूपदेव माली
काठमाडौं, ०६ जेष्ठ ।
वन जङ्गल संरक्षण कार्य कोसँगै बन्ने जन्तुहरूमा उलेख्य बढोत्तरी भएको वन तथा वातावरण मन्त्री नवल किशोर साहले बताउनुभएको छ।
आइतबार धधा लभउब िद्वारा आयोजित ३१ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री साहले सो कुरा बताउनुभएको हो।
उहाँले वन्यजन्तुहरूको उल्लेख्य वृद्धि भएसँगै यिनीहरूबाट संरक्षित क्षेत्रको बाहिर वरपर मानव तथा कृषिजन्य उत्पादनमा हुन पुगेको क्षतिका कारण मानव वन्यजन्तु सह अस्तित्व कायम राख्न चुनौतीपूर्ण कार्य भएको बताउदैं गैंडा स्थानान्तरण बाघको सङ्ख्यामा उल्लेख्य बटोतरी भू –परिधि स्तरीय संरक्षण, प्रदेश एवं स्थानीय सरकारलाई वातावरण मैत्री विकास सचेतना जागरण, नीतिगत तथा संस्थागत विकासतर्फ सरकार सक्रिय रहेको भएको बताउनुभयो।
मल्ल होटल लाइनचौरमा सम्पन्न कार्यक्रम तिनवटा देशका राजदूत समेत र शिवराज भट्ट विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो भने स्वागत मन्तव्य डाक्टर घनश्याम गुरुङले गरेका थिए।
कार्यक्रमको श्वविमा श्रेष्ठले मंच संचालन गरेकी थिइन।