भूपदेव माली
राजविराज, २८ बैशाख ।
सप्तरीको सदरमुकाम जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराजमा रहेका औषधि पसलहरू लाई अनुगमन गरेका छन्।
शुक्रवार जिल्ला प्रशासन कार्यालय सप्तरीको अगुवाईमा,जिल्ला जनस्वास्थ्य कार्यालय,कर कार्यालय,घरेलु कार्यालय,उपभोक्ता हित संरक्षण मञ्च,उद्योग वाणिज्य संघ , सुरक्षा निकाय लगायतको संयुक्त अनुगमन टोलीले सदरमुकाम राजविराज स्थित औषधी पसलहरुको अनुगमन गरेको हो।
रुपेश राज फार्मेसी राजविराज ७,साइमेडिको इन्टरप्राइज, एस औषधी पसल रा वि ३, राजविराज फार्मेसी रा वि ४, शुसान्त प्याथोलोजी, मारुती मेडिकल रा वि ४, आर एस ड्रग्स डिस्ट्रिव्युटर्स रा वि ३,गजेन्द्र ना सिंह अस्पताल फार्मेसी,छिन्नमस्ता अस्पताल जनता डिस्पेन्सेरी रा वि ६, विल विजक हेर्ने ,प्रतिवन्धित दवाइ वेच विखन भए नभएको, सरसफाई ,डेट एक्सपायर भण्डारण लगायतका विषयहरु अनुगमन गरिएका छन्।
फार्मेसीको अवस्थाहेरी जरिवना समेत गरिएका छन्।
अनुगमन गर्दै जाने क्रमममा धेरै पसलहरू धमाधम वन्द गरेका थिए।
सप्तरी जिल्लाका शैक्षिक संस्था, अस्पताल,फार्मेसीहरुकोअनुगमन को क्रम निरन्तर जारि रहने प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी गराउनुभयो।