भूपदेव माली
चतराधाम, ०९ बैशाख ।
सुनसरीको चतरा स्थित कोशी किनारमा दोस्रो पिण्डेश्वर महाकुम्भ मेलामा भक्तजनहरूको चाप बढेको छ।
चैत्र २७ गतेबाट प्रारम्भ भएको कुम स्नान मेलामा बाबा बागेश्वरको आगमनले गर्दा अत्यधिक भक्तजनको आगमन भएको हुँदा मानिसहरू तथा सवारी साधनहरूको चाप बढेको हो।
जगतगुरु बालसन्त मोहन शरण देवाचार्यले सुरु गरिएको चत्राकुण्ड मेलामा यतिबेला लाखौंको सङ्ख्यामा भक्तजनहरूको उपस्थिति एवं अत्याधिक सवारी साधन को चापले चतरा बरा क्षेत्र सडक खण्ड जाम भई भक्तजनहरुलाई शास्ती भोग्नु परेको अवस्था देखिएको थियो।
शनिबार भारतका प्रसिद्ध सन्यासी सन् धीरेन्द्र कृष्ण शास्त्री बागेश्वर बाबाको घरबाट दरबार लाग्ने खबरले पनि उहाँको दर्शन एवं प्रवचन सुनिने उद्देश्यले पनि भक्तजनहरूको व्यापक भीड हुन गएको थियो।
कुम्भ स्नान मेला चतरामा आयोजन भएपनि बराक्षेत्रस्थित कोशी नदीमा पनि हजारौंको सङ्ख्यामा भक्तजनहरुले कुम्भ स्नान गरी बराह बाबाको दर्शन गर्न गएका भक्तजनहरुले आउने क्रममा सवारी साधनहरूको जामले गर्दा धुलो– धुलो भएर फर्किनु परेको अवस्था सिर्जना भएको थियो। सुनसरी प्रहरी प्रशासन पूर्ण सकृयता देखाएपनि सांघुरो सडकका कारणले सवारी साधनहरू जाममा फसेका थिए।
आउँदो ११ गतेका दिन द्वितीय स्नानको तिथि रहेको हुँदा सो दिन पनि नेपालका विभिन्न कुराहरू बाट र भारत बाट पनि अत्यधिक भक्तजनको आगमन हुने सम्भावनालाई नजर अन्दाज गरि सुरक्षा व्यबस्था चुस्तदुरुस्त राख्ने आयोजक समितिले जनाएको छ।