भूपदेव माली,
मधेश जनविद्रोहकाल देखी नै चर्चामा रहनु भएका, जनता समाजवादी पार्टी नेपाल संग आबध्द राजनीति गरिरहनु भएका तथा सप्तरीको क्षेत्र नं.२ ख बाट प्रदेश सभा सदस्य रहनु भएका मनिष सुमन एक सुयोग्य , संघर्षशील नेता एंव एक स्टपष्ट वक्ताको रुपमा परिचित हुनुहुन्छ । प्रस्तुत छ नेता सुमन जी संग कैमरामैन मनोज यादवको साथमा मधेश न्युजका भुपदेव मालीले गरिएको कुराकानीको भिडियो सहितको अन्र्तवर्ता
नेताजी स्वागत छ मधेश न्युजमा
–धन्यबाद
प्रधानमन्त्री के.पी शर्मा ओलीले संसद बिघटन गरे लगतै राष्ट्रपत्तीले ताजा जनादेशको घोषना गरिएको मुदा यतिबेला समाननीय सर्वोच्च अदालतको बिचाराघिन रहेको छ । न्यालयले यदि ओलीकै पक्षमा निर्णय दियो भने तपाईको पार्टीको भुमिका के कस्तो रहने होला ?
–भुपदेव जी पुष ५ गते देशमा एयटा ठूलै दुर्धटना भएको हो हुन त हामी मधेशी दलहरुले यो त्रुटिपूर्ण संबिधानलाई पूर्णरुपमा स्वीकार नगरेपनि यस संविधानलाई प्रयोय गर्दै जादा संविधानमा प्रधानमन्त्री फेर्ने बेबस्था छ तर जस्तो परिस्थीतिमा पनि संसद बिघटन गर्ने ब्यवस्था छेन । संविधान सम्मानतिर अदालतले कानुनमा लेख्दै नलेखिएको कुरो प्रधानमन्ञी नदिएको अधिकारका कुरा ७६–६ , ७६–१ मा उल्लेखै नभएका कुरा ८५–१ म अर्कै कुरा लेखिएको कुरा लाई आधार मानेर प्रधानमन्त्रीको सनकले उनका संगी र कार्यकर्ताहरुको कुरा मानेर राष्ट्रपत्तीले संसद विधटन गरिदिएपछि न्यायलयमा यो मुदा जादाँ हाम्रा र बिपक्षी दलका वकिल संगै प्रधानमन्त्रीको तर्फबाट ३७ जना वकिलहरुले बहस गर्दै छन । तसर्थ हामी विश्वस्त छौ , सम्मानित सर्वोच्चले निर्णय दिनेछ । अन्योल पूर्ण अवस्थाको अन्त्यै हुनेछ । न्याय सत्यको पक्षमा हुनेछ । प्र.म. को निर्णय अन्यायपूर्ण हो ।
यति बेला सबैदलहरुले सडकमा उत्रेका छन् यो आन्दोलनहरु प्र.म. को निर्णय फिर्ताको लागी हो अथवा नयाँ निर्वाचनका लागी ?
–चुनावका लागी दैनिकी तयारी भइरहेको हुन्छ तर यो बहुलट्ठी निवार्चनका लागी होइन , आवधिक निर्वाचनका लागि गरेका हुन्छौ । हामी समाजमा बसेर जनताको सेवामा हमेशा लागेर निर्वाचनकै तयारीमा हुन्छौ तर ५ वर्ष निर्वाचनका लागी मात्र अहिलेका आन्दोलनरु निर्वाचन मुखी होइन । हन पनि बैशाखमा कुनै निर्वाचन हुन गइरहेको छैन । यो नसोचे हुन्छ । हाम्रो आन्दोलन बिसुध््द रुपमा देशबाट एक जना पागल प्रधानमन्त्रीबाट उन्मुक्ति पाउनु नै हाम्रो उदेश्य हो । तपाई बिस्वास गर्नुहोस् संसद पूनस्र्थापना हुने बितिकै पहिलो कार्य यस्ता अकर्मन्य प्रधानमन्त्रीबाट देशलाई उन्मुक्त गराउनु हो । दोस्रो कार्य यस्ता संगी एवं पार्टी कार्यकर्ताको भुमिका निर्वाह गरिरहेकी समान्य राष्ट्रपत्ती माथि महाअभियोग लगाउनु हो र तेस्रो कार्य यस्ता बागोंरिगों टेडोमेढो संविधानलाई संसोधन गरेर जनमुखी संविधान बचाउनु हो ।
संसद विघटन पछि उत्पन्न राजनितिक धटनाक्रमले महिना भन्दा बढि दिनदेखी चलिरहेको आन्दोलनबाट जनता आजित भएको जस्तो लाग्दैन त ?
–यही बडो आश्चर्यको कुरो हो । जनता आजित भएको जस्तो मलाई लाग्दैन । मधेशका प्रकाण्ड विद्घानहरु के भन्नु हुन्छ भने नि अब त जनताले नेताहरुलाई लखेट्छ अरे यस्ता वैज्ञानिक नेताहरुले नया–नयाँ पार्टी खोलेर कुतर्कहरु दिने गर्दछन् । तर हाम्रो दृष्टिमा अहिले पार्टीद्वारा कुनैपनि कार्यक्रमको आयोजना गर्दापनि जनताको अपार उपस्थिति हुने गरेको छ । त्यो उपस्थिति भनेको हाम्रो पार्टीमा मात्र नभई अन्य –अन्य दलहरुको कार्यक्रमहरुमा पनि अपार हर्षको साथ उपस्थिति देखाई रहेका छन् । जनताले वैज्ञानिक नेताहरुका जस्तो अकर्मण्य छैनन् । जनता सचेत छन् , आफ्नो अधिकारका लागि सडकमा आउँछन् नै ।
कोरोना महामारीका कारण नेपाल भारत सिमा –नाका बन्द गरियो । तर हाल कोविड १९ को विरुद्ध खोप उत्पादन भईसके पश्चात पनि सिमा –नाकाहरुलाई पूर्ण रुपमा किन खोलिएको छैन ?
–भारत स्वतन्त्र भयो । भारतका वृटिश सरकारलाई एकजना लठी बोकेका नेताले लखेट्न सफल भयो । किनभने त्यहाँका जनता सचेत थियो र त्यहाँका शासक समय थियो । तर हामी असभ्य शासकको शासन
क्षेत्रमा पर्न गएका छौँ । त्यो भएर ओली सरकारले नाका खुल्यो भनेर भन्छ तर खोलिएको हुदैन । हाल आशिंक रुपमा खोलिएपनि गाडीहरुलाई रोक लगाएकै छन् । सायद ओली सरकार रहुञ्जेल यही स्थिति
रहीरहने होला । सिमा –नाकाको अधिकार प्रदेश – २ सरकारको मातहत भएको भए सिमा – नाका बन्द नै हुनेथिएन । विहारकै एक जना नेताले भन्नुभएको छ “ २२ लाख नेपाली चेली विहे गरेर विहार गएकी छन् भने विहार उतर प्रदेश गरी २६ लाख चेली विहे गरेर भारत गएकी छन् । ” नेपाल र भारत बिच संस्कृति मात्र एक नभई एक परिवार जस्तो भएकोले सिमा – नाका खुल्ला राख्नै पर्दछ ।
यतिबेलाको अवस्थामा आन्दोलन सम्बन्धी तपाईको पार्टीको के के भाबी कार्यक्रमहरु निर्धारण गरिएको छ ?
–हामी दुई चरणका कार्यक्र्रमहरु संम्पन्न गरि सकेका छौ । पहिलो चरणमा – विरोध प्रर्दशन , पूतलाहरु दहन ,मसाल जुलुस आदि । दोस्रो चरणमा – देशभरि जनसभा गरेका थियो र तेस्रो चरणका कार्यक्रमहरु जारि भएको छ ।बिरोध सभा, पार्टी सुढिकरण , समायोजन तथा अन्य – अन्य कार्यक्रम गरिरहेका छौ, विच –विचमा विभिन्न कार्यक्रमहरु पनि थपिने छ ।
हस् त धन्यवाद नेता ज्यू मधेश न्यूजलाई समय दिनु भएकोमा ।
–धन्यवाद , मधेश न्यूज टिमलाई पनि ।