भूपदेव माली
राजविराज, २९ असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १२ इनरुवा स्थित नवनिर्मित ओम शांति भवनको उद्घाटन भएको छ।
मधेस प्रदेश सरकारको समाजिक बिकास मन्त्रालय द्वारा प्रदत्त बजेटबाट निर्मित कम सास्ती शान्ति भवनको उद्घाटन ब्रह्म कुमारीज,नेपालका राज्ययोगिनी दादी मां द्वारा एक कार्यक्रमबीच सोमबार उद्घाटन भएको हो।
सम्पन्न उद्घाटन समारोहका अध्यक्षता प्रदेश प्रभारी राजविराजका भगवती दिदीले गरेका थिए भने प्रतिनिधिसभा सदस्यद्वय नवलकिशोर साह (रामबाबु ), डा. सिके राउत बिशिस्ट अतिथीको रुपमा रहेका थिए।
विशिष्ट अतिथि नवलकिशोर साह मधेस प्रदेशको समाजिक बिकास मन्त्री भएको कार्यकालमा प्रदेश सरकारबाट प्रदान गरिएको बजेट रकम बाट निर्मित सो भवनको उद्घाटन समारोहमा मधेस प्रदेश सभा सदस्यद्वय सतिश सिंह,सकिल अलि, हिमाञ्चल प्रदेशका सह– निर्देशक किरण दिदी, ब्रह्म कुमार किशोर भाई जी लगायत ओम शांति सँग जोडिएका अनुयायीहरुको उपस्थिती रहेको थियो।